२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता खाद्य कम्पनीबाट खसीबोका र च्याङ्ग्राको विक्री शुरु, १४ सय खसीबोका र ३ सय च्याङ्ग्रा विक्री… स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने सागर ढकाल १५ लाखमा पोखरामा अनुबन्धित अनिल १५ लाखमा जनकपुरमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल चिकित्सक संघमा कांग्रेसको वर्चस्व, कस्ले कति ल्याए ?



अ+ अ-

काठमडौं । नेपाल चिकित्सक संघमा एक जना सदस्य बाहेक सबै पदमा नेपाली कांग्रेस निकट डा लोचन कार्की नेतृत्वको लोकतान्त्रिक समूह विजयी भएको छ । हालै सम्पन्न संघको निर्वाचनको मत परिणाममा सबैभन्दा बढी मत डा लोचन कार्कीले अध्यक्षमा ल्याएका छन् । संघको २८ औं कार्यकारिणी समितिका लागि भएको निर्वाचनमा देशभरबाट ६ हजार १ सय ५७ मत खसेको थियो। जसमा डा कार्कीले ४ हजार १११ मत ल्याए । डा कार्कीले आफ्ना प्रतिस्पर्धी डा पुष्पमणि खरालभन्दा २ हजार १३२ मत बढी ल्याएका हुन्।

नयाँ कार्यसमितिमा पेशागत समावेशी समूहबाट डा लिजन महर्जन मात्र सदस्यमा विजयी भएका हुन्। डा महर्जनले २ हजार ८७२ मत ल्याएका छन्। डा महर्जनले लोकतान्त्रिक समूहका डा विक्रान्त ढकाललाई २८६ मतले पछाडी पार्दै विजयी भएका हुन्। अध्यक्षमा विजयी डा कार्कीपछि सबैभन्दा धेरै मत उपाध्यक्षमा विजयी भएका डा अनिल कार्कीको मत आएको छ। उनको ३ हजार ९४५ मत आएको छ।

त्यसपछि सबैभन्दा धेरै मत ल्याउनेमा सहकोषाध्यक्षमा विजयी डा विश्वराज दवाडीले ३ हजार ९३५ मत ल्याएका छन् । यस्तै, सहसचिवमा विजयी डा निरजकुमार सिंहको ३ हजार ७९० मत आएको छ। सदस्यमा सबैभन्दा धेरै ३ हजार ७१७ मत ल्याएर डा रितेश थापा विजयी भएका छन्। त्यसपछि डा नन्दाकुमारी गुरुङको ३ हजार ३१६ मत आएको छ।




भर्खरै