५ श्रावण २०८३, मंगलवार
,
Latest
नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलमानले राजीनामा दिएपछि खरेल र गुप्तामाथि दबाब



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले हिजो बुधबार प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका हुन् । जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री घिसिङले प्रधानमन्त्रीसहित चौतर्फी दबाबपछि राजीनामा दिएका हुन् ।

उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएर पत्रकार सम्मेलन गर्दै ‘आफूले अन्तरिम सरकार छाडेको’ जानकारी गराए । गत ३० भदौमा अन्तरिम सरकारको मन्त्रीका रूपमा शपथग्रहण गरेका घिसिङले उज्यालो नेपाल पार्टी गठन गरी त्यसको संरक्षण गरिरहेका थिए ।

रास्वाप सभापति रवि लामिछाने थुनामुक्त भएलगत्तै सो पार्टीसँग एकता गर्ने निर्णय लिएर घिसिङ उपसभापति बने । तर, उनी ‘आफू कुनै दलमा संलग्न नभएको’ दाबी गर्दै आएका थिए । आगामी २१ फागुनको निर्वाचनमा प्रतिस्पर्धा तयारीमा रहेका घिसिङले अन्ततः राजीनामा दिएर सक्रिय राजनीतिमा होमिने निर्णय गरेका हुन् ।

उनको यो निर्णयसँगै रास्वपानिकट खेलकुदमन्त्री बब्लु गुप्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलमाथि राजीनामाका लागि थप नैतिक दबाब परेको छ । गुप्ता र खरेल पनि रास्वपाका तर्फबाट उम्मेदवार बन्ने तयारीमा छन् । राजधानी दैनिक