९ श्रावण २०८३, शनिबार
,
Latest
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई विवाह र सन्तान उत्पत्तिको प्राकृतिक अनिवार्यता : एक अनुभूति मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटन क्षेत्रमा जोड्न बारिष्टा तालिम हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन काँकडभिट्टा–लौकही सडक विस्तार तिब्रः पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्नमाउथसँग टोटेनहम पराजित, युनाइटेडले अंक बाँड्यो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले हार ब्यहोरेको छ ।

गएराति भएको खेलमा टोटेनहम बर्नमाउथसँग ३–२ गोलले पराजित भएको हो । खेलको पाँचौं मिनेटमा नै म्याथिस टेलले गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए ।

२२ औं मिनेटमा इभानिल्सनले गोल गर्दै बर्नमाउथलाई १–१ को बराबरीमा ल्याए । ३६ औं मिनेटमा इलि जुनियर क्रुपीले गोल गर्दै बर्नमाउथलाई २–१ ले अघि बढाए । ७८ औं मिनेटमा जोआओ पालहिन्हाले गोल गरेपछि टोटेनहम २–२ को बराबरीमा आयो ।

तर, खेल सकिनै लाग्दा इन्जुरी समयमा एन्टोनि सेमेन्योले गोल गर्दै बर्नमाउथलाई रोमाञ्चक जित दिलाए । यो नतिजापछि टोटेनहम २१ खेलबाट २७ अंकका साथ तालिकाको १४ औं स्थानमा छ भने बर्नमाउथ २६ अंकका साथ १५ औं स्थानमा छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा युनाइटेडले बर्नलेसँग २–२ को बराबरी खेल्दै अंक बाँड्यो । खेलको १३ औं मिनेटमा युनाइटेडका एडेन हिभनले आत्मघाती गोल गरेपछि बर्नले १–० ले अघि बढ्यो ।

यता, ५० र ६० औं मिनेटमा बेन्जामिन सेस्कोले दुई गोल गरेपछि युनाइटेड २–१ ले अघि बढ्यो । तर, त्यसलगत्तै ६६ औं मिनेटमा जेडन एन्थोनीले गोल गर्दै बर्नलेलाई २–२ को स्थितीमा ल्याए । त्यसपछि खेलमा थप गोल हुन सकेन ।

बराबरीको नतिजापछि युनाइटेड ३२ अंकका साथ तालिकाको सातौं स्थानमा छ भने बर्नले १३ अंकका साथ १९ औं स्थानमा छ ।