६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

प्रधानमन्त्री कार्कीबाट आगामी राजनीतिक जीवन थप सफल रहोस् भन्दै कुलमानलाई शुभकामना

प्रधानमन्त्री कार्कीबाट आगामी राजनीतिक जीवन थप सफल रहोस् भन्दै कुलमानलाई शुभकामना
अ+ अ-

काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले राजीनामा पेस गर्नुभएको छ।

उहाँले बालुवाटारमा प्रधामन्त्री कार्कीसँग भेट गरी आज साँझ राजीनामापत्र बुझाउनुभएको हो।

प्रधानमन्त्री कार्कीले साढे तीन महिना तीनवटा महत्त्वपूर्ण मन्त्रालयको कुशल नेतृत्व प्रदान गर्नुभएकामा बधाई र धन्यवाद दिनुभयो।

‘निकै प्रतिकूल अवस्थामा तपाईँले यो सरकारमा सामेल भएर देशका निम्ति ठूलो गुन लगाउने गरी काम गर्नुभएको छ’, प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘रातदिन नभनी खट्नुभयो। देशका विभिन्न भागमा पुग्नुभयो। विपद्का बेला उस्तै सक्रिय रहनुभयो। विपद्ग्रस्त क्षेत्रमा आफै पुगेर खट्नुभयो। हाम्रो विकास निर्माणका बेथितिहरुविरुद्ध कठोर कदम चाल्नुभयो। यो कुरा देशले सम्झनेछ। जनताले मूल्यांकन गर्नुहुनेछ।’

उहाँले आगामी राजनीतिक जीवन थप सफल रहोस् भन्दै शुभकामना पनि व्यक्त गर्नुभयो।

प्रधानमन्त्री कार्कीले घिसिङलाई सम्मानस्वरुप खादा पहिराइदिँदै भन्नुभयो, ‘तपाईँ आफ्नो रहरले वा कुनै स्वार्थ राखेर आउनुभएको होइन। हामीले नै निम्त्याएका हौँ। अझ जेनजी युवाले तपाईँको माग गरेका हुन्। चुनाव लागेपछि राजनीतिमा जान छुट पाउने गरी नै तपाईँलाई हामीले भित्र्याएका हौँ। कुनै सुविधा पनि नलिएर तपाईँले निःस्वार्थ सेवा गर्नुभयो। आउँदा दिनमा अझै देशको निम्ति अझै ठूलो काम गर्न सक्नुहुनेछ। यसका निम्ति म बधाई अहिले नै दिन चाहन्छु।’

मन्त्री घिसिङले पनि यो अन्तरिमकालमा काम गर्ने अवसर प्रदान गर्नुभएकामा प्रधानमन्त्रीप्रति आभार प्रकट गर्नुभयो।