१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका र युक्रेनी समूहले ‘सबैभन्दा जटिल मुद्दा’ छलफल गर्दै : जेलेन्स्की



भोलोदिमिर जेलेन्स्की/ फाइल फोटो
अ+ अ-

पेरिस। वासिङ्टन र किएभका वार्ता टोलीले बुधबार पेरिसमा युक्रेन वार्ताको ‘सबैभन्दा जटिल मुद्दा’ को समाधान गर्ने अपेक्षा गरिएको युक्रेनी नेताले बताएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला र ग्रिनल्याण्डको योजनालाई लिएर चर्किएको तनावका बाबजुद युक्रेनका लागि संयुक्त मोर्चा प्रस्तुत गर्न खोज्दा युरोपेली नेता र अमेरिकी कुटनीतिज्ञहरूले मङ्गलबार किएभका लागि प्रमुख सुरक्षा ग्यारेन्टी गर्ने सहमति भएको घोषणा गरेका थिए ।

अमेरिकी दूत स्टिभ विटकोफ र राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुश्नरले वार्तामा वासिङ्टनको प्रतिनिधित्व गरेका थिए ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भन्नुभयो, “किएभ र वासिङ्टनको वार्ता टोलीले पेरिस वार्ताको दोस्रो दिन रुसको कब्जामा रहेको जापोरिज्जिया आणविक ऊर्जा संयन्त्रको भविष्य र पूर्वी युक्रेनको इलाकाको नियन्त्रणका लागि समर्पित गर्नेछन् ।”

उहाँले सामाजिक सञ्जाल फेसबुकमा भन्नुभएको छ, “अमेरिकी राष्ट्रपतिका राजदूतहरूसँग वार्ताको अर्को सत्र बस्दैछ र दुई दिनमा यो तेस्रो सत्र हुनेछ।”

राष्ट्रपति जेलेन्स्कीले भन्नुभयो, “युद्ध अन्त्यको आधारभूत ढाँचाबाट सबैभन्दा जटिल मानिएका जापोरिज्जिया आणविक ऊर्जा प्लान्ट र क्षेत्रहरूसँग सम्बन्धित मुद्दाहरू छलफल गरिनेछ ।”

जेलेन्स्कीले किएभका पश्चिमी सहयोगीहरूले मस्कोमाथि दबाब दिनु महत्त्वपूर्ण रहेको पनि जोड दिनुभयो । उहाँले भन्नुभयो, “शान्ति सम्मानजनक हुनुपर्छ र यो साझेदारहरूमा निर्भर गर्दछ । उनीहरूले युद्ध समाप्त गर्न रूसको वास्तविक तयारी सुनिश्चित गर्छन् कि गर्दैनन यो पनि प्रमुख बिषय हो,” उहाँले भन्नुभयो ।

जेलेन्स्कीका नयाँ चिफ अफ स्टाफ काइरिलो बुडानोभले बुधबार भन्नुभयो, “यसको ठोस नतिजा आइसकेको छ तर सबै सूचना सार्वजनिक गर्न नसकिने देखिएको छ ।”

एक युरोपेली कुटनीतिक स्रोतका अनुसार फ्रान्स, जर्मनी र बेलायतका प्रतिनिधिहरू साथै इटाली र टर्कीका केही प्रतिनिधिहरू पनि बुधबार भएको पेरिस वार्तामा सहभागी भएका थिए ।

मङ्गलबार युक्रेनका पश्चिमी सहयोगीहरूले अमेरिकी नेतृत्वको निगरानी संयन्त्र र युरोपेली बहुराष्ट्रिय बलसहित किएभका लागि प्रमुख सुरक्षा सुनिश्चितता दिने सहमति गरेका छन् ।

तर दोस्रो विश्वयुद्धपछि युरोपको सबैभन्दा घातक द्वन्द्वमा लडाइँमा कुनै कमी आएको छैन र मस्कोको वर्तमान वार्ताको स्थिति स्पष्ट छैन ।

रुसी नेता भ्लादिमिर पुटिनले बारम्बार युक्रेनमा नेटो स्थलसेनाको उपस्थितिलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताउँदै आउनुभएको छ । (रासस/एएफपी)