९ असार २०८३, मंगलवार
,
Latest
कञ्चनपुरका चार खाद्य उद्योगमा अनुगमनपछि उत्पादन रोक्का, लाखौँ मूल्यका सामग्री नष्ट सम्पत्ति शुद्धिकरण बिभागमा पूर्वअर्थमन्त्री पौडेललाई गराइयो उपस्थित पूर्वअर्थमन्त्री पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइँदै काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन काठमाडौँका ३ हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जीपीएस जडान मानव अधिकारवादीको काम रोकिएकाले प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसङ्घ मनसुन सक्रिय, तर तराईमा तातो लहरको जोखिम अझै कायम रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसमा किचलोः महामन्त्रीद्वयले बोलाए विशेष महाधिवेशन



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनका लागि औपचारिक आह्वान गरेका छन्।

बुधबार एक संयुक्त वक्तव्यमार्फत उनीहरूले पुस २७ र २८ गते महाधिवेशन आयोजना हुने जानकारी दिएका छन्।

महामन्त्रीहरूले विशेष महाधिवेशन कानूनी र राजनीतिक दृष्टिले अपरिहार्य भएको बताएका छन्। तर, पार्टीको संस्थापन पक्षले भने महाधिवेशनमा सहभागी नहुन आफ्ना पङ्तिलाई निर्देशन दिइसकेको छ।

उनीहरूले धारा १७ (२) बमोजिम विशेष महाधिवेशन आह्वान गर्न २४८८ जना (५४.५८)प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीलाई सुदृढ बनाउन, जनभावना अनुरुपको नीति निर्माण गर्नका लागि विशेष निर्णय लिनु अपरिहार्य भएको पनि बताएका छन् ।

यो पनिः विशेष महाधिवेशन बोलाउने अधिकार पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई छैनः कांग्रेस

 




भर्खरै