१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

कुलमानको ‘काइते’ कुरा

कुलमानको ‘काइते’ कुरा
अ अ+ अ-

काठमाडौं । आज मन्त्रिरिषदको बैठकपछि एकजना मन्त्रीको हवाला दिँदै एउटा समाचार बाहिरियो प्रधानमन्त्री सुशिला कार्कीले तीनजना मन्त्रीको राजीनामा मागिन् भनेर । ती मन्त्री थिए— कुलमान घिसिङ, जगदिश खरेल  र बब्लु गुप्ता  ।

यो पनि पढ्नुहोस- मन्त्रीहरूलाई प्रश्न- सरकार छोड्ने कि पार्टी ?

वर्तमान मन्त्रिपरिषदका यी तीन सदस्यलाई तत्कालै राजीनामा दिन प्रधानमन्त्रीले आग्रह गरेको कुरा ती मन्त्रीले बाहिर ल्याए । राजीनामा ती मन्त्रीहरुको कुनै गलत कामले भने प्रधानमन्त्रीले मागेकि थिइनन् । राजीनामा माग्नुपर्नाको कारण उनीहरु राजनीतिक पार्टीमा लागे भनेर थियो ।

वर्तमान सरकारलाई नागरिक सरकार भनिएको छ । गत भदौको जेनजी आन्दोलनपछि राजनीतिक पार्टीको सरकार अपदस्थ गरेर यो नागरिक सरकार गठन गरिएको थियो र सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले गरेकी छिन् ।

त्यसैले यो सरकार नागरिक सरकार भएकाले कुनै पनि राजनीतिक दलमा लाग्ने हो भने आफ्नो राजनीतिक अधिकार रहेकाले मन्त्रीबाट राजीनामा दिएर लाग्न प्रधानमन्त्रीको सुझाव थियो । किनभने प्रधानमन्त्री कार्कीले यी तीन मन्त्रीले कुनै न कुनै पार्टीबाट चुनावमा उठ्ने तयारी गरिरहेको जानकारी पाएकि थिइन् ।

कुलमानले नै आफू संरक्षक बसेर उज्यालो नेपाल पार्टी स्थापना गरेको कुरा कोहीबाट लुकेछिपेको छैन । अनुप उपाध्यायलाई पार्टीको अध्यक्ष बनाएर उनले नै सो पार्टी दर्ता गरेका हुन् र निर्वाचन आयोगमा पनि दर्ता गराएका हुन् । पछि सो पार्टीलाई उनले राष्ट्रिय स्वतन्त्र पार्टीमा लगेर समायोजन पनि गराए । त्यो समायोजनको हस्ताक्षर समारोहमा पनि उनी आफैँ उपस्थित छन् र पार्टीका अध्यक्ष भनिएका अनुपलाई नै हस्ताक्षर गराएका छन् ।

कुलमानले अहिले रास्वपाको उपाध्यक्ष नै दाबी गरेका छन् । आफ्नो पार्टीका तर्फबाट पदाधिकारीदेखि केन्द्रीय सदस्य चयन गराएका छन् । त्यतिमात्र नभएर आफ्ना नातेदारलाई नै समानुपातिकमा राख्न लगाएको समाचार आएको छ र उनले माफी नै मागेका पनि छन् ।

त्यतिमात्र नभएर उनले मन्त्रीको गाडीमा झण्डा हल्लाउँदै देशव्यापी रुपमा उज्यालो नेपाल पार्टीको प्रचार गरिरहेका छन् । उता काठमाडौँको ३ नं क्षेत्रबाट चुनाव उठ्ने तयारी गरेका मात्र होइनन् कि सरकारी दलबलसहित घरदैलो नै गरिरहेका छन् ।

यसै आधारमा आज उनीसँग प्रेसले सोध्यो कि तपाईसहित प्रधानमन्त्रीले तीन जना मन्त्रीको राजीनामा मागेको कुरा के सत्य हो ? त्यसको जवाफ उनी यसरी दिन्छन्— म आजका दिनसम्म कुनै पनि पार्टीको सदस्य छैन ।

यो पनि पढ्नुहोस –म कुनै पनि पार्टीको सदस्य छैन कुलमान घिसिङ

यसो सुन्दा त ठिकै हो, उनी कुनै पार्टीको सदस्य छैनन्, उपाध्यक्ष चाहिँ छन् । के पार्टीको उपाध्यक्ष हुनु भनेको सदस्य हुनु होइन र ? किन यसरी ढाँट्न सकेका उनले भन्ने प्रश्न अहिले नागरिकले सामाजिक सञ्जालमा गरिरहेका छन् ।

उनको यो जवाफ दिने शैलीले आज पूर्वमन्त्री पृथ्वी सुब्बा गुरुङको झल्को मेटाएको थियो । उनले पनि मिडियालाई जवाफ दिँदा निकै तौलिएर र हल्का फुल्का पाराले जवाफ दिने गर्दथे । आजको कुलमानको प्रस्तुति पनि त्यस्तै थियो ।

कुलमानको यो काइते कुराको ‘रेस्पोन्स’ प्रधानमन्त्रीले कसरी गर्नेछिन् भन्ने त हेर्न बाँकी नै छ । तर पनि उनको यो जवाफको शैलीले दिनदिनै घटिरहेको मन्त्रीजस्तो पदको गरिमा भने झनै घटाएको छ ।

यसअघि पनि उनले आफूलाई विद्युत प्राधिकरणको एमडी अरु कसैले नभएर नेपाली जनताले बनाएको भनेर भाषण गरेका थिए । यो उनको सस्तो लोकप्रियता मात्र थियो किनभने उनी नेपाली जनताले मत हालेर त्यो पदमा नियुक्त भएका थिएनन्, कुनै न कुनै सरकारले नै उनलाई नियुक्त गरेको थियो ।

एकपछि अर्काे गरी कुलमानको यो अभिव्यक्ति र झुठले उनीमाथि एक प्रकारको अहमता र घमण्ड सवार भएको स्पष्ट देखिएको उनकै निकटस्थहरु पनि बताउन थालेका छन् ।