४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

युक्रेन वार्ता अन्योलमा

युक्रेन वार्ता अन्योलमा
अ+ अ-

एजेन्सी । रुससँग सम्भावित युद्धविरामपछि युक्रेनको दीर्घकालीन सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले युक्रेनका सहयोगी राष्ट्रहरू मङ्गलबार पेरिसमा भेला भएका छन् । तर अमेरिकाको ध्यान भेनेजुएला र ग्रिनल्यान्डसम्बन्धी विवादतर्फ केन्द्रित हुँदा यस वार्ताबाट ठोस प्रगति निस्कने सम्भावना अनिश्चित देखिएको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले यसअघि युक्रेनको रक्षा र न्यायपूर्ण तथा स्थायी शान्तिका लागि सहयोगीहरूले ‘ठोस प्रतिबद्धता’ जनाउने आशा व्यक्त गर्नुभएको थियो । म्याक्रोनको कार्यालयका अनुसार बैठकमा २७ राष्ट्र तथा सरकार प्रमुखसहित ३५ जना उच्च अधिकारी सहभागी छन् । संयुक्त राज्य अमेरिकाको तर्फबाट राष्ट्रपति डोनाल्ड ट्रम्पका दूतहरू स्टिभ विटकफ र जारेड कुशनर सहभागी हुनुभएको छ । सुरुमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो आउने तय भए पनि भेनेजुएलामा अमेरिकी सैन्य हस्तक्षेपका कारण योजना परिवर्तन भएको जनाइएको छ ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई अमेरिकी सेनाले नियन्त्रणमा लिनुअघि युक्रेनको सुरक्षाबारे वार्ता अघि बढिरहेको सङ्केत देखिएको थियो । तर त्यसपछि राष्ट्रपति ट्रम्पले खनिज–धनी आर्कटिक टापु ग्रिनल्यान्ड अमेरिकाको नियन्त्रणमा आउनुपर्ने अभिव्यक्ति दोहोर्‍याएपछि युरोप र अमेरिकाबीच तनाव बढेको छ । डेनमार्कका प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सन र ग्रिनल्यान्डका प्रधानमन्त्री जेन्स फ्रेडरिक निल्सनले यस्तो कदमले नाटोको अस्तित्वमै खतरा पैदा हुने चेतावनी दिनुभएको छ ।

युरोपेली नेताहरू डेनमार्कको पक्षमा उभिए पनि रूसलाई रोक्न र युक्रेनका लागि सुरक्षा ग्यारेन्टी दिन अमेरिकी सैन्य समर्थन अपरिहार्य रहेको उनीहरू स्वीकार गर्छन् । यही कारण पेरिस वार्तामा कूटनीतिक सन्तुलन निकै नाजुक बनेको छ ।

वार्तामा युद्धविराम अनुगमन, युक्रेनी सेनालाई सहयोग, बहुराष्ट्रिय बलको सम्भावित तैनाथी, अर्को रूसी आक्रमण भएमा प्रतिबद्धता र युक्रेनसँग दीर्घकालीन रक्षा सहकार्यजस्ता विषयमा सहमति खोजिँदैछ । तर भेनेजुएलाको घटनापछि ट्रम्प प्रशासन त्यसका परिणाम व्यवस्थापनमै व्यस्त हुँदा यी विषयमा तुरुन्तै निष्कर्ष निस्कने अवस्था कमजोर देखिन्छ ।

युक्रेन वासिङ्टनबाट स्पष्ट र दृढ सुरक्षा ग्यारेन्टी खोजिरहेको छ, किनकि त्यसले अन्य सहयोगी राष्ट्रहरूबाट पनि समान प्रतिबद्धता सुनिश्चित गर्न मद्दत गर्ने किएभको विश्वास छ । युक्रेन कुनै पनि युद्धविरामले रूसलाई पुनः सशक्त भई आक्रमण गर्ने समय दिने हो कि भन्ने आशङ्कामा छ ।

यसैबीच राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सम्भावित युरोपेली सेनाको तैनाथीमा अझै धेरै विवरण अपूर्ण रहेको र सबै देश सेना पठाउन तयार नरहेको बताउनुभएको छ । उहाँका अनुसार सहयोग सेना मात्र नभई, हतियार, प्रविधि र खुफियाको माध्यमबाट पनि हुनसक्छ । बेलायत र फ्रान्सजस्ता आणविक शक्तिसम्पन्न राष्ट्रहरूको भूमिका भने अत्यन्तै महत्त्वपूर्ण हुने उहाँको भनाइ छ ।

जेलेन्स्कीले स्पष्ट शब्दमा भन्नुभएको छ, “यदि केही देश आफ्नो उपस्थिति बढाउन तयार छैनन् भने, त्यसलाई ‘इच्छुकहरूको गठबन्धन’ भन्न गाह्रो हुन्छ ।