१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

सिन्धुपाल्चोकमा सिजनल फ्लु मात्रै: स्वास्थ्य मन्त्रालय

सिन्धुपाल्चोकमा सिजनल फ्लु मात्रै: स्वास्थ्य मन्त्रालय
अ अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित गुम्बा गाउँमा केही दिनयता फैलिएको संक्रमण कोरोना भाइरस नभएको बताएको छ ।गाउँपालिकाले कोरोना भाइरसको जस्तै लक्षण देखिएको भन्दै मंगलबार मन्त्रालयलाई पत्राचार गरेको थियो । मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले गुम्बा गाउँमा देखिएको रोग सामान्य रुघाखोकी भएको भन्दै उनले त्यहाँका मानिसलाई कोरोना संक्रमण नभएको दाबी गरे । ‘जुगलको गुम्बा गाउँमा फैलिएको कोरोना होइन, सिजनल फ्लु हो’, उनले भने, उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मीको टोली खटिइसकेको छ । आवश्यक परे काठमाडौंबाट पनि स्वास्थ्यकर्मी पठाउँछौँ ।’

उनले थपे, ‘सिन्धुपाल्चोकमा देखिएको बिरामीमा कोरोना होइन, मौसमी रुघाखोकी हो । गलत सन्देशले भ्रम मात्र फैलियो ।’ वागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले पनि सिन्धुपाल्चोकमा कोरोना भाइरसको संक्रमण नदेखिएको दाबी गरेका छन् । उनले गुम्बामा देखिएको भाइरल रुघाखोकी र ज्वरोको बारेमा अनुसन्धान र नमुना संकलन गर्न स्वास्थ्यकर्र्मी पुगेको भन्दै धैर्य गर्न आग्रह गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले पनि जुगल गाउँपालिकामा देखिएको समस्या कोरोना नभई मौसमी रुघाखोकी मात्र भएको जनाएको छ ।

त्यहाँ देखिएका बिरामीमा कुनै पनि गम्भीर खालको समस्या नदेखिएको कार्यालयका प्रमुख दुर्गादत्त चापागाईंले जानकारी दिएका थिए । उनले भने, ‘चीनबाट फर्किएको या फर्किएका कोही व्यक्तिसँग कसैको सम्पर्क भएको छ कि भनेर सोधखोज गर्यौ तर त्यस्तो केही पनि भेटिएन । त्यसैले यो कोरोना होइन, मौसमी रुघाखोकी हो ।’ मौसमी रुघाखोकी भएकाले औषधि खाने बिरामी निको हुँदै गएको उनले बताए । मौसमी रुघाखोकी भएकाले औषधि खाने बिरामीहरू निको हुँदै गएका भन्दै उनले गम्भीर खालका बिरामी अहिलेसम्म नदेखिएको बताए ।

कोरोना भाइरस नभए पनि यकिनका लागि अध्ययन गर्न थप टोली त्यहाँ पठाइएको उनले जानकारी दिए । यही २३ माघदेखि गुम्बामा मौसमी रुघाखोकीको समस्या बढ्दै गएको कार्यालयले जनाएको छ । चापागाईंका अनुसार मौसमी रुघाखोकीका कारण त्यहाँ हालसम्म १ सय ५९ जना बिरामी देखिएका छन् । गाउँपालिकाले कोरोना भाइरसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी भेटिएको भन्दै स्वास्थ्य मन्त्रालयलाई पत्रचार गरेको थियो । गाउँपालिकाको उक्त पत्राचारपछि कोरोना भाइरसको त्रास बढेको हो । सौर्य दैनिकबाट