२० श्रावण २०८३, बुधबार
,
Latest
‘फुटबल जोगाउन इन्फान्टिनो बाहिरिनुपर्छ’: फिगो काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ अनिवार्य अवकाशमा झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु रातभरको रुसी हवाई हमलाले किएभ क्षेत्र प्रभावित, १७ जनाको मृत्यु भूमि प्रशासनका जटिल लिखत/फाराम सरलीकरण हुँदै, सेवाग्राहीले आफैँ भर्न सक्ने सचेतना अभियान तीव्र बनाउन मुख्यमन्त्री आचार्यको निर्देशन भन्सार छलीका पानजन्य सामग्री बरामद बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु बैंकिंग कसुर मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ शिक्षा मन्त्रालयको प्रगति सन्तोषजनक, आगामी वर्ष परिणाममुखी कार्यसम्पादनमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सचिवालय बैठक जारी



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रिय सचिवालय बैठक शुरु भएको छ ।  पार्टी केन्द्रिय कार्यालय च्यासलमा केही समय अघिबाट बैठक शुरु भएको हो ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, आसन्न राष्ट्रियसभा निर्वाचन र प्रतिनिधि सभा निर्वाचन सम्बन्धी रणनीति तथा आगामी केन्द्रिय कमिटी बैठकको तयारीबारे छलफल हुनेछ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको बैठकमा बदलिँदो राजनीतिक समीकरणको समीक्षा गर्दै पार्टीको आन्तरिक तथा वाह्य रणनीति टुंगो लगाउने अपेक्षा गरिएको छ । विशेष गरी पुस २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने पार्टीको दोस्रो केन्द्रिय कमिटी बैठकका लागि प्रश्तावहरू अन्तिम रूप दिने कार्यसूचि छ ।

यसअघि सोमवार साँझ नेपाली काँग्रेस, एमाले र अन्य दलहरूबीच राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँडबारे छलफल भएको सन्दर्भमा आजको बैठकले उम्मेदवारी टुंगो लगाउनेछ । राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुँदैछ ।