२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो News Polar तीन वर्षदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी थियो : नैनसिंह महर News Polar वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल News Polar जलवायु जोखिम न्यूनीकरणका लागि पूर्वाधारसम्बन्धी नीति परिवर्तन गरिँदै : मन्त्री लम्साल News Polar सहमहामन्त्रीमा देवेन्द्रराज कँडेलको उम्मेदवारी दर्ता News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर News Polar महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य

कृषिमन्त्री हुमागाईंबाट ५१ बुँदे मार्गचित्र सार्वजनिक

कृषिमन्त्री हुमागाईंबाट ५१ बुँदे मार्गचित्र सार्वजनिक
अ अ+ अ-

काठमाडौँ । बागमती प्रदेशका कृषि, पशुपक्षी तथा मत्स्यमन्त्री वसुन्धरा हुमागाईंले नेपालको समग्र कृषि उत्पादनमा बागमती प्रदेशको योगदान १७ प्रतिशत रहेकाले यसको दिगो विकासका लागि जोड दिनुपर्ने बताउनुभएको छ ।

मन्त्रालयको आर्थिक वर्ष २०७८/७९ मा गर्न सकिने ५१ बुँदे मार्गचित्र आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै उहाँले प्रदेशको कृषि क्षेत्रलाई सहज र व्यावसायिक बनाउन उक्त मार्गचित्र निर्माण गरिएकोे जानकारी दिनुभयो ।
 
मन्त्री भएको १० दिनमा तयार पारिएको यस मार्गचित्रले काममा पारदर्शिता हुने विश्वास व्यक्त गर्दै मन्त्री हुमागाईंले यसबाट प्रदेशको आवश्यकता र मागका आधारमा अनुदानलगायत भौतिक संरचना तथा कृषकको हितका लागि काम गरिने बताउनुभयो ।मार्गचित्रमा प्रदेशको कृषि विकास ऐन तर्जुमा, पोल्ट्री विकास बोर्ड स्थापना र रासायनिक मल भण्डारण कक्ष निर्माण गरिने रहेको छ । त्यस्तै स्वास्थ्य माटो कृषि उत्पादनको मूल बाटो अभियान सार्थक बनाउन स्थानीय तहमा माटो परीक्षणका लागि डिजिटल प्रविधि हस्तान्तरण गरिने जनाइएको छ । 
     
कृषि वस्तुको तोकिएको न्यूनतम मूल्यमा प्रतिकिलो दुई रुपैयाँका दरले प्रोत्साहन अनुदान उपलब्ध गराइने, किसानले उत्पादन गरेको कृषिउपज बिक्री नभए न्यूनतम सर्मथन मूल्यमा खरिद बिक्री गरिने, कृषि उपकरण उद्योग स्थापनामा सहयोग गरिने र यही माघ २५देखि फागुन २ गतेसम्म भेडा बाख्रामा लाग्ने पीपीआर रोगविरुद्ध खोप अभियान सञ्चालन गरिनेलगायत कार्यक्रम पनि मार्गचित्रमा उल्लेख छ । त्यसैगरी मत्स्य क्षेत्रबाट हुने उत्पादन, प्रशोधन र बजारीकरणका लागि छुट्टै मत्स्य प्रवद्र्धन नीति तर्जुमा गरिने, दुग्ध उत्पादन प्रोत्साहन अनुदानलाई समयसापेक्ष परिमार्जन गरिने, पशुपक्षी प्रयोगशाला निर्माण गरिने र कृषि तथ्याङ्कलाई व्यवस्थित गरिने बताइएको छ ।