२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको बन्दसूचीमा रहेका मिलन लिम्बूले नाम फिर्ता लिए



अ+ अ-

काठमाडौं । रास्वपाको बन्दसूचीमा रहनु भएका मिलन लिम्बूले नाम फिर्ता लिएको घोषणा गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत् लिम्बूले नाम फिर्ता लिने निर्णय गरेको जानकारी गराउनु भएको छ ।

लिम्बूको नाम आदिबासी जनजाति क्लस्टरको ६ नम्बरमा थियो ।

उहाँले लेख्नुभएको छ

म, हाम्रो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिकतर्फको ११० जनाको बन्दसूचीअन्तर्गत आदिवासी जनजाति क्लस्टरको ६ नम्बरमा समावेश रहेता पनि उक्त सूचीबाट नाम फिर्ता लिने निर्णय गरेको छु ।

नेपालको संविधानमा सुनिश्चित समानुपातिक/समावेशी प्रणालीलाई अवलम्बन गर्ने पार्टीको प्रतिवद्धताको आधारमा पार्टी र नेतृत्वसँगको सल्लाह अनुसार नै मैले समानुपातिकतर्फ उम्मेदवारी दिएको थिएँ ।

तर, एकता र ध्रुवीकरणको यस चरणमा एकताबाट आउनु भएका साथीहरूलाई समेत समुचित रूपमा व्यवस्थापन गर्नुपर्ने बाध्यता नेतृत्वसमक्ष छ ।

नेतृत्वको बाध्यतालाई बुझ्दै, बन्दसूची तय गर्ने क्रममा सिर्जित परिस्थितिले पार्टीका आम सदस्य र नेता-कार्यकर्ताको भावनामा परेको प्रभाव समेतलाई आत्मसात् गर्दै बन्दसूचीबाट नाम फिर्ता लिने निर्णय लिएको हुँ ।

यो कदम पार्टीको दीर्घकालीन हित, आन्तरिक एकता र सामूहिक भावनाको सम्मान गर्दै लिइएको सचेत र जिम्मेवार राजनीतिक निर्णय हो ।
राजनीति केवल व्यक्तिगत अवसर वा पदको खोजी मात्र होइन, यो विचार, मूल्य र सबै नेता-कार्यकर्ताको भावना समेट्दै अघि बढ्ने साझा अभियान हो । म यसै यात्रामा अघि बढेको छु । यसै यात्रामा समाहित हुन आह्वान पनि गर्दछु ।
समानुपातिक उम्मेदवार चयन गर्ने क्रममा प्राइमरी कलेक्सन भएको थियो । यस क्रममा अत्याधिक मत दिएर यहाँहरूले व्यक्त गर्नु भएको विश्वासप्रति कृतज्ञ रहँदै पार्टी नेतृत्व, रास्वपा मित्रहरू र आम शुभेच्छुकप्रति आभार व्यक्त गर्दछु ।
जय घण्टी !

मिलन लिम्बू

माङसेबुङ, इलाम

२१ पुस २०८२