४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

झापामा हात्तीबाट बाली जोगाउन गस्ती टोली परिचालन

झापामा हात्तीबाट बाली जोगाउन गस्ती टोली परिचालन
file
अ+ अ-

बनियानी । झापामा जङ्गली हात्तीबाट पीडित बनेका परिवारलाई रू एक करोड ३७ लाख बढी राहत उपलब्ध गराइएको छ ।

जिल्लामा चालु आर्थिक वर्षको हालसम्म आठ सय ८३ हात्तीपीडितलाई रू एक करोड ३७ लाख ३८ हजार ६४ राहत उपलब्ध गराइएको डिभिजन वन कार्यालयका वन अधिकृत हिमाल पाठकले जानकारी दिनुभयो । यस वर्ष हात्तीको आक्रमणमा परी जिल्लामा चार जनाले ज्यान गुमाएका छन्, भने एउटा हात्ती मृत फेला परेको उहाँले बताउनुभयो ।

हात्तीको आक्रमणबाट सख्त खाइते दुई जनालाई रू चार लाख, मृतक चार जनाको परिवारलाई रू ४० लाख, १० वटा पशुधन क्षतिवापत रू एक लाख, एक सय ८४ परिवारले भण्डार गरेको अन्नमा क्षति भएबापत रू १४ लाख ५३ हजार सात सय ६४, दुई सय ३५ वटा घरगोठमा क्षति भएबापत रू ३७ लाख २२ हजार तीन सय र चार सय ४८ किसानको अन्नबालीमा क्षति पु¥याएबापत रू ४० लाख ६२ हजार क्षतिपूर्ति उपलब्ध गराइएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

राहत उपलब्ध गराइएकामध्ये गत आर्थिक वर्ष २०८१÷८२ का सात सय दुई जना रहेका छन् भने चालु आवमा हात्तीबाट पीडित बनेका एक सय ८१ जनालाई राहत प्रदान गरिएको हो थप ११ परिवारलाई रू २१ लाख राहतका लागि सिफारिस गरिएको छ । केही दिनमै उनीहरुलाई समेत राहत रकम उपलब्ध गराइने पाठकले बताउनुभयो ।

राहत प्रक्रियालाई सहज बनाउन जिल्लाका चार स्थानमा रहेको सब डिभिजन कार्यालयबाट पीडितले निवेदन व्यवस्था गरिएको छ । मेची सब डिभिजन, कनकाई सब डिभिजन, जलथल सब डिभिजन र दमक सब डिभिजनबाट वन्यजन्तु पीडितले सरकारले उपलब्ध गराउने राहतका लागि निवेदन दिन सक्ने पाठकले बताउनुभयो ।

राहत प्रक्रिया झन्झटिलो भएकालेसमेत समयमै राहत वितरण गर्न नसकिएको वन कार्यालयका कर्मचारी बताउँछन् । हात्तीको आक्रमणबाट ज्यान गुमाउनेको परिवारलाई जनही रू १० लाख, घाइतेलाई अधिकतम रू दुई लाख, चौपाया, अन्नबाली र भौतिक संरचना क्षतिको भएको हकमा क्षतिको आधारमा क्षतिपूर्ति उपलब्ध गराउँदै आइएको छ ।

क्षति घटाउन गस्ती

डिभिजन वन कार्यालयले हात्तीबाट धानबाली जोगाउन र क्षति न्यूनीकरणका लागि गस्ती टोली परिचालन गरेको थियो । यसका कारण अघिल्लो वर्षको तुलनामा यस वर्ष कम क्षति भएको वन अधिकृत पाठकले बताउनुभयो “धानबाली जोगाउन र भारतबाट हात्ती प्रवेश रोक्न वन रक्षकको टोली परिचालन गरेका थियौँ”, उहाँले भन्नुभयो, “जसका कारण अघिल्लो वर्षभन्दा कम क्षति भएको छ ।” मानवीय क्षति हुन नदिने मुख्य उद्देश्य रहेको बताउनुहुँदै उहाँले भन्नुभयो, “अब मकैको सिजनमा पनि पुनः गस्ती हुन्छ ।”

गाडीसहित सात जना सशस्त्र वन रक्षकको टोलीले मेचीनगरस्थित मेची नदीमा गस्ती गरेर हात्ती प्रवेश रोक्ने, हात्ती प्रवेशबारे जानकारी दिने, हात्ती उतै फर्काउने काम गर्ने गरेका छन् । जिल्लामा मानव–हात्तीद्वन्द्व न्यूनीकरणका लागि विद्युतीय तारवार, जैविक मार्ग निर्माण, वन क्षेत्रमा हात्ती आहाल (पोखरी निर्माण), फलफूलका बिरुवा रोपण, गस्ती लगायतका क्रियाकलाप हुँदै आए पनि मानव हात्तीद्वन्द्व न्यूनीकरण हुन सकेको छैन । रासस