२७ भाद्र २०८३, शनिबार
,
Latest
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारमन्त्री भन्छन्– चौधरीसँग २० अर्ब मागेको छैन



अ+ अ-

काठमाडौं । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना मन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूले चौधरी ग्रुपसँग २० अर्ब रुपैयाँ नमागेको बताएका छन् । आफुलाई मिडियाले विनोद चौधरीसँग सिजी कम्युनिकेसनको लाइसेन्स दिने प्रक्रियामा २० अर्ब घुस मागेको भनी समाचार आएकोमा आपत्ति जनाए । उनले सरकारले चौधरी ग्रुपलाई प्रक्रिया पुराएर आउन आग्रह मात्र गरेको बताए ।

मन्त्री बाँस्कोटाले सिजी कम्युनिकेसनले प्रक्रिया नपुराएकोले लिमिटेड मोविलिटी सेवाको लाइसेन्स खारेज गरेको बताए । त्यस कामका लागि आफूले २० अर्ब घुस नमागेको भन्दै त्यत्रो पैसा राख्न आफ्नो घरमा ठाउँ पनि नरहेको स्पष्ट गरे ।

बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमा बाँस्कोटाले सिजीसँग पैसा मागेको भन्ने आरोप झूटो समेत भएको दाबी गरे ।

उनले भने ‘चौधरी ग्रुपपसँग २० अर्ब माग्यो भन्छन्, मलाई त्यत्रो पैसा चाहिँदैन । मेरो घरमा त्यति पैसा राख्ने ठाउँ छैन! ।