२० आश्विन २०८१, आईतवार
,
Latest
न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारमन्त्री भन्छन्– चौधरीसँग २० अर्ब मागेको छैन



अ+ अ-

काठमाडौं । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना मन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूले चौधरी ग्रुपसँग २० अर्ब रुपैयाँ नमागेको बताएका छन् । आफुलाई मिडियाले विनोद चौधरीसँग सिजी कम्युनिकेसनको लाइसेन्स दिने प्रक्रियामा २० अर्ब घुस मागेको भनी समाचार आएकोमा आपत्ति जनाए । उनले सरकारले चौधरी ग्रुपलाई प्रक्रिया पुराएर आउन आग्रह मात्र गरेको बताए ।

मन्त्री बाँस्कोटाले सिजी कम्युनिकेसनले प्रक्रिया नपुराएकोले लिमिटेड मोविलिटी सेवाको लाइसेन्स खारेज गरेको बताए । त्यस कामका लागि आफूले २० अर्ब घुस नमागेको भन्दै त्यत्रो पैसा राख्न आफ्नो घरमा ठाउँ पनि नरहेको स्पष्ट गरे ।

बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमा बाँस्कोटाले सिजीसँग पैसा मागेको भन्ने आरोप झूटो समेत भएको दाबी गरे ।

उनले भने ‘चौधरी ग्रुपपसँग २० अर्ब माग्यो भन्छन्, मलाई त्यत्रो पैसा चाहिँदैन । मेरो घरमा त्यति पैसा राख्ने ठाउँ छैन! ।