१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

सैनिक मुख्यालयको भ्रष्टाचार छानबिन !

सैनिक मुख्यालयको भ्रष्टाचार छानबिन !
अ अ+ अ-

काठमाडौं । नेपाली सेनाको मुख्यालय पुनर्निर्माणका क्रममा भएको भनिएको भ्रष्टाचारमाथि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले चासो देखाएको छ। जंगी अड्डा मुख्यालय निर्माणका क्रममा व्यापक भ्रष्टाचार भएको उजुरीपछि समितिले चासो देखाएको हो।समितिको सुनुवाई कार्यदलले भनेको छ, ‘के कस्ता अनियमितता भएको हो, छानबिन गरी कानुन अनुसार कारवाही गरी समितिमा जानकारी गराउन रक्षा मन्त्रालयलाई निर्देशन दिनुपर्छ।’ राज्य व्यवस्था समितिले सेनाको भ्रष्टाचारबारे छानबिन गरी प्रतिवेदन तयार पार्न तीन सदस्यीय उजुरी सुनुवाई कार्यदल गरेको थियो।

कार्यदलले आठ महिनाभन्दा बढी समय लगाएर गुनासो तथा उजुरी छानबिन गरेको हो। सत्तारुढ नेकपाका सांसदद्वय रेखा शर्मा, नवराज सिलवाल तथा प्रमुख विपक्षी दलका सांसद दिलेन्द्रप्रसाद बडू सदस्य रहेको कार्यदलले ५० वटा उजुरी छानबिन गरी बुधबार समितिलाई प्रतिवेदन बुझाएको छ। प्रतिवेदनको २५ नम्बर बुँदामा मुख्यालयमा निर्माणका क्रममा भएको अनियमितालाई संक्षित उल्लेख गरिएको छ। उजुरी २०७६ जेठ ९ मा समितिमा परेको थियो।

सैनिक अधिकृतको उजुरीमा भनिएको छ, ‘सेनाको मुख्यालय पुनर्निर्माणको क्रममा व्यापक भ्रष्टाचार भएको छ। यसको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन टोली गठन गरी छिटोभन्दा छिटो दोषीलाई कारवाही गरी हिनामिना गरेको रकम असुल गरी भूकम्पपीडितलाई सहयोग गर्न जोडदार माग गर्दछु।’

क्षेत्रीको सम्पत्ति छानबिन गर्न माग:कार्यदल प्रतिवेदनले पूर्वप्रधान सेनापति राजेन्द्र क्षत्रीमाथि सम्पत्ति सुद्धिकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिनको लागि पत्र पठाउन समितिलाई सुझाव दिएको छ। पूर्वप्रधानसेनापति क्षत्रीविरुद्ध २०७६ भदौ १२ गते समितिमा उजुरी परेको थियो। कार्यदलले प्रतिवेदन समितिमा बुझाएपछि सांसदहरूले सेनाभित्र भइरहेको भ्रष्टाचारले नेपालको लोकतन्त्र खतरामा परेको बताए। सेनाको व्यापार मोहले मुलुकलाई नै खतरामा पारिरहेको भनाइ कांग्रेस सांसद अमरेशकुमार सिंहको छ।

‘आर्मी सुरक्षा निकाय हो की ठेक्कापट्टा गर्ने संस्था हो। आर्मी सुरक्षा निकाय हो की भोज भतेर गर्ने पार्टी प्यालेस हो ? ’, उनले भने, ‘फास्ट ट्रयाक निर्माणदेखि हेलिकप्टर खरिदसम्मका विषयमा सेनाभित्र भ्रष्टाचार भइरहेको छ। यसले नेपालको लोकतन्त्र खतरामा पार्छ।’ एक अर्को प्रशंगमा सत्तारुढ नेकपाका सांसद विजय सुब्बाले नेपाल रेडक्रममा भइरहेको भ्रष्टाचारमा समिति चुप बस्न नहुने तर्क गरे।

‘अहिले गृह मन्त्रालयमा यससम्बन्धी विधेयक बनिरहेको छ, त्यो पनि रोकिन्छ कि भन्ने डर छ’, उनले भने, ‘त्यसैले जतिसक्दो चाँडो गृहमन्त्रीलाई बोलाएर यससम्बन्धी छलफल गर्नुपर्छ।’ कार्यदलका सदस्य सिलवालले उजुरीहरू गम्भीर किसिमका भएकाले यसमा छिटोभन्दा छिटो अनुसन्धान हुनुपर्ने बताए। त्यस्तै अर्का सदस्य बडूले आएका उजुरीमध्ये अधिकांश बोधार्थका लागि पठाइएको र सम्बन्धित निकायमा कारबाहीका लागि पठाइएको बताए। अन्नपुर्णपोष्ट दैनिकबाट