१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

चीनको नेपाली ल्याउन सरकारको आनाकानी, चिनियाँ पर्यटक भने दिनहुँ निर्बाध भित्र्याइँदै

चीनको नेपाली ल्याउन सरकारको आनाकानी, चिनियाँ पर्यटक भने दिनहुँ निर्बाध भित्र्याइँदै
अ अ+ अ-

काठमाडौं । चीनको वुहान सहरमा कोरोना भाइरस संक्रमणको जोखिममा रहेका नेपालीलाई स्वदेश फर्काउन आनाकानी गर्दै आएको सरकारले चिनियाँ पर्यटक भने दिनहुँ निर्बाध भित्र्याइरहेको छ। कोरोना भाइरस संक्रमणलगत्तै अमेरिका, क्यानडा, अस्ट्रेलिया र युरोपका अधिकांश मुलुकले चीनबाट सीधै प्रवेश गर्ने यात्रुलाई रोक लगाएका छन्। कतिपयले चीनमा निर्मित सामान आयातमै प्रतिबन्ध लगाएका छन्। चीन स्वयंले पनि प्रभावित प्रान्त हुपईमा आफ्नै नागरिक आवागमनमा रोक लगाएको छ।

अन्य सहरमा पनि घरबाहिर ननिस्कन, हूलमूल नगर्न र मिलेसम्मका काम घरबाटै गर्न प्रोत्साहन गर्दै आएको छ। चीनका विभिन्न सहरबाट नेपालमा सातामा सय हाराहारीमा पर्यटक आउने गरेको विमान कम्पनीका सञ्चालकहरूले जनाएका छन्। कोरोना भाइरस संक्रमणका कारण नेपाल आउने चिनियाँ पर्यटकको संख्या ह्वात्तै घटे पनि आउने क्रम रोकिएको छैन। अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले चिनियाँ पर्यटक आइरहेको बताए। उनले भने, ‘पर्यटक आइरहेका छन्। यकिन संख्या थाहा छैन।’

उनका अनुसार भाइरस संक्रमणले बढी प्रभावित वुहानबाट नेपाल आउन चीनले नै दिएको छैन।पिपुल्स हेल्थ मुभमेन्टका संयोेजक एवं जनस्वास्थ्यविद् डा. शरद वन्त चीनबाट आइरहेका पर्यटकको पर्याप्त स्वास्थ्य परीक्षण गर्नुपर्ने बताउँछन्। उनले भने, ‘हामीसँग पर्याप्त उपकरण छन्। परीक्षण हुन्छ भने चिनियाँ पर्यटक आवागमन रोक्नु पर्दैन, अन्यथा सोच्नुपर्ने हुन्छ।’ सरकारले नेपाली विद्यार्थीलाई उद्धारमा अनिर्णयको बन्दी हुन नहुने डा. वन्तको भनाइ छ। ‘चीनमा रहेका विद्यार्थी साँच्चिकै अप्ठेरोमा छन् भने उद्धारमा ढिलाइ गर्नु हुँदैन। राज्य अभिभावक हो। जतिसक्दो छिटो उद्धार गर्नु उसको दायित्व हो’, उनले भने।

चीनका विभिन्न सहरमा उडान भरिरहेका चिनियाँ एवं नेपाली विमान कम्पनीले पर्यटक ओसारिरहेका छन्। चाइना स्टर्नको साताको ११ मध्ये दुईवटा उडानबाट पर्यटक नेपाल आइरहेका छन्। त्यस्तै चाइना साउदर्नको साताको १४ वटा उडानमध्ये २ वटाबाट पर्यटक भित्रिरहेका छन्।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार यात्रु संख्यामा कमी आएकाले उडान प्रभावित भएको छ। तिब्बती एयरलाइन्स, सिचुवान एयरलाइन्स, चाइना स्टर्न, चाइना साउदर्न, एयर चाइना र हिमालय एयरलाइन्सले उडान कटौती गरेको विमानस्थलका प्रवक्ता कर्णले जानकारी दिए। उनले भने, ‘पर्यटकबिनाको रित्तो उडान गर्नु भएन। यात्रु पाएका बेला उडान हुन्छ।’

सामान्य रुघाखोकी र ज्वरो आएका दुई चिनियाँ नागरिक उपचार गराउनुपर्ने भएपछि फरार भएको दुई साता बित्दासमेत अत्तोपत्तो छैन। चीन हुँदै नेपाल आएका साउदी अरबका नागरिक पनि जँचाउनुपर्ने भएपछि फरार छन्। कोरोना भाइरस ९कोभिड १९० को आशंका गरिएका व्यक्तिहरू निगरानीमा राख्ने जानकारी पाएपछि बेपत्ता हुने क्रम बढेको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसकै कारण अन्तर्राष्ट्रिय आवागमन एवं व्यापारमा कुनै अंकुश लगाउनुपर्ने अवस्था नआएको जनाएको छ। संगठन प्रमुख टेड्रोस एडहानोम गेहब्रेयससले संक्रमण भने जुनसुकै दिशामा जान सक्ने बताएका छन्।

२४ को स्वास्थ्य परीक्षण: चीनबाट आएका नेपाली र चिनियाँमध्ये शंकास्पद २४ जनाको स्वास्थ्य परीक्षण गरिएको छ। तीमध्ये २३ जनामा कोरोना भाइरस नेगेटिभ देखिएको छ। एकजना नेपालीमा पोजेटिभ देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार पोेजेटिभ देखिएका व्यक्ति चीनबाट फर्केका हुन्। उनको अवस्था सामान्य छ।श्रेष्ठले भने, ‘हवाई मार्गबाट आउने व्यक्तिको विमानस्थलमा रहेको हेल्थ डेस्कमा परीक्षण हुन्छ। कुनै लक्षण देखिएमा वा शंकास्पद पाइएमा अस्पताल लगेर स्वास्थ्य जाँच गराइन्छ। डराइहाल्नुपर्ने अवस्था छैन।’

‘शनिबारसम्म फर्काउँछौं’: चीनका विभिन्न सहरमा अध्ययनरत नेपाली विद्यार्थीलाई उद्धारका लागि नेपालबाट यसै साता उडान हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता श्रेष्ठले भने, ‘यति गते नै उडान गर्ने भन्ने मिति तय भइसकेको छैन। शनिबारसम्ममा उडान गर्ने योजना छ।’ नेपाल वायु सेवा निगमको दुई सय ४० सिट क्षमताको वाइडबडी विमान तयारी अवस्थामा छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौंबाट शनिबार चीनको वुहानमा उडान भर्ने निर्णय गरेको एक मन्त्रीले बताए।

सोही वाइडबडीबाट एक सय ८५ नेपाली स्वदेश फर्कने मन्त्रालयले जनाएको छ। अहिलेसम्म चीनस्थित नेपाली दूतावासमा एक सय ८० नेपालीले स्वदेश फर्कनका लागि निवेदन दिएका छन्। बालबालिकासमेत गरी एक सय ८५ जना आउने तय भएको छ। विभिन्न सहरमा छरिएर रहेका नेपालीलाई शुक्रबारदेखि बसबाट वुहानमा लगिनेछ। ००

स्वास्थ्य र सुरक्षा जिम्मा सेनालाई:नेपाली सेनाको नेतृत्वमा एक स्वास्थ्य टोली कोरोना भाइरस संक्रमित चीनको वुहान जाने भएको छ। शनिबार जान लागेको टोलीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका चिकित्सक तथा नर्स सहभागी हुनेछन्। चीन फर्केपछि उनीहरूलाई राख्न तय गरिएको क्वारेन्टाइन पनि सेनाको संरक्षणमा रहनेछ। स्वास्थ्य मन्त्रालयको नेतृत्वमा सेना खटिन लागेको हो। सेनाको उपरथी स्तरबाट संयोजन भइरहेको छ। सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भने, ‘क्वारेन्टाइन परीक्षणमा सेनासहितको सुरक्षा निकायका चिकित्सक र नर्सहरू हुनेछन्।’ अन्नपुर्णपोष्ट दैनिकबाट