१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

कलिलैमा विवाहले शिशु ‘कुपोषित’

कलिलैमा विवाहले शिशु ‘कुपोषित’
अ अ+ अ-

कञ्चनपुर । सुर्खेतको गुर्भाकोट नगरपालिकाकी १७ वर्षीया सुनिता विक कलिलै उमेरमा विवाह बन्धनमा बाँधिइन् । उनी एक वर्षमै बच्चाको आमा बनिन् । सुत्केरी हुन स्वास्थ्य संस्था पुगेकी उनलाई स्वास्थ्य संस्थाले थप उपचारको लागि प्रदेश अस्पताल सुर्खेतमा पठायो । प्रदेश अस्पताल सुर्खेतमा उनको बच्चा जन्मियो तर, बच्चा कम तौलको थियो । उनको बच्चाको तौल जम्मा एक किलो ७ सय ग्राम मात्रै छ । १५ दिनकी सुत्केरी उनी राम्रोसँग बोल्न पनि सकेकी छैनन् ।

‘लामो व्यथा लागेकाले मलाई केही थाहा भएन’, उनले भनिन्, ‘बच्चाको अवस्था कस्तो छ र हुनुपर्ने कस्तो हो त्यो विषयमा केही थाह छैन ।’ विद्यालय पढ्दापढ्दै गाउँकै एक युवकसँग प्रेम विवाह भयो, कलिलो अवस्थामा आमा बनेकी उनलाई आमा हुँदा के के गर्नुपर्छ राम्रोसँग जानकारी छैन । १७ वर्षमा विवाह बन्धनमा बाँधिएकी सुर्खेत वीरेन्द्रनगर ६ की तुलसा सिंहको पहिलो सन्तान जीवित रहेन । गर्भवती भएको सात महिनामै जन्मिएको बच्चा बचाउन नसकिएको उनले बताइन् । पहिलो सन्तान बितेको एक वर्षको अन्तरालमा लगातार दुई वटा सन्तान जन्मिए ।

पहिलो सन्तान छोरा जन्मिएको एक वर्षपछि छोरी जन्माइन् तर, उनको छोरी कुपोषित भइन् । वर्षेनी बच्चा जन्माइरहने र आमालाई पोषणको कमी हुँदा उनका जन्मिएका बच्चा कुपोषित भएका हुन् । ‘राम्रोसँग बच्चालाई खुवाउने दूध नआएकाले छोरीलाई कुपोषण भयो’, उनले भनिन्, ‘छोरीले दूध खुवाउँदा पनि नखाने गर्नाले पनि कुपोषण भयो छोराको त अवस्था ठीकै छ ।’ छोरी कुपोषण भएपछि उनी उपचारको लागि प्रदेश अस्पतालको पोषण पुनःस्थापना गृहमा पुगिन् । अहिले उनले विगत एक महिनादेखि पुनःस्थापनागृहबाट छोरीको उपचार गराइरहेकी छन् ।

दैलेख पाचिकाडाकी सुन्तली शर्मा पनि कुपोषित बच्चालाई पुनःस्थापनागृहमा राखेर उपचार गराइरहेकी छन् । सुन्तलीको १८ वर्षको हुँदा विवाह भयो १९ वर्षको हुँदा पहिलो सन्तानलाई जन्म दिइन्, ‘मेरो उमेर नपुगेर मैले विवाह गरे बच्चा जन्माउने बेला धेरै पीडा भयो’, उनी भन्छिन्, ‘घरमा घाँस दाउरा गरिरहनुपर्ने कामैकाम दूध खुवाउने पनि फुर्सदै पाइनँ ।’ उनले न त आफूले पोषिलो खाना खान पाइन् न त छोरीलाई राम्रोसँग दूध खुवाउन । यसले गर्दा उनको छोरीलाई कुपोषण भयो ।

कर्णाली प्रदेशमा कलिलै उमेरमा विवाह गरेका आमाबाट जन्मिएको अधिकांश बच्चामा कुपोषणको समस्या देखिएको छ । कम उमेरमा बच्चा जन्माउनाले आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्छ भन्ने विषयमा जानकारी नहुँदा कम उमेरमा बच्चा जन्माउने प्रवृत्ति अन्त्य हुन सकेको छैन । कर्णाली प्रदेशको प्रदेश अस्पतालको पोषण पुनःस्थापना गृहमा २० वर्षमुनिका बच्चाको आमा प्रायः आउने गरेका छन् । पुनःस्थापना गृहका प्रमुख प्रभा सिंहले पुनःस्थापना गृहमा आउने अधिकांश आमा २० वर्षमुनिका रहेको जानकारी दिइन् ।

पोषणगृहको तथ्यांकअनुसार यस आर्थिक वर्षको साउनयता ६० बालबालिका उपचार गर्न पोषणगृहमा आएका छन् । तीमध्ये २१ बालिका र ३९ बालक रहेका छन् । शीघ्र कुषोषण भएका ३१ र मध्यम कुपोषण भएका २९ बालबालिका थिए । प्रमुख सिंहका अनुसार ४७ बालबालिका निको भएर गएका र छलाई अन्यत्र रिफर गरिएको छ । कुषोषणमा प्रायः पाँच वर्षमुनिका बालबालिका पर्ने गरेको जनाइएको छ ।

कर्णालीमा बालविवाहको दर बढ्दो छ । प्रसूति हुन स्वास्थ्य संस्थामा आउने एक चौथाइभन्दा बढी किशोरी रहेको तथ्यांक छ । भेरीगंगा नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिनियर अनमी सीता शर्माका अनुसार नगरपालिकामा प्रसूति हुने झण्डै आधा संख्या २० वर्षमुनिको आमा रहेको बताइन् । सौर्य दैनिकबाट