५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीहरूलाई प्रश्न- सरकार छोड्ने कि पार्टी ?



अ+ अ-

काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङले मन्त्रीको झण्डा हल्लाउँदै पार्टीको प्रचारमा हिँडिरहेका छन् र आलोचना पनि यसैगरी भइनै रहेको छ । मानिसहरुले प्रतिक्रिया दिइरहेका छन्— दलबिहीन भनिएको नागरिक सरकारका मन्त्रीहरु यसरी सरकारी खर्चमा पार्टीको प्रचार गर्न हिँड्न हुन्छ ?

उज्यालो पार्टी गठन गरेका र निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा पार्टी पनि दर्ता गरेका मन्त्री घिसिङले पूर्वदेखि पश्चिमसम्मको यात्रा पूरा गरेका छन् । उनले विभिन्न जिल्लामा पुगेर आफ्नो उज्यालो नेपाल पार्टीको प्रचार पनि गरिसकेका छन् ।

तर अहिले भने उनी सत्तारुढ भैसकेका छन् । उनको उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित भइसकेको छ । उर्जामन्त्रीको पार्टी रास्वपामा समाहित भएकाले अब रास्वपा पनि सत्तारुढ दल भएको विश्लेषण गरिएको छ ।

यो सरकारका अरु पनि केही मन्त्री निर्वाचन लड्ने तयारीमा रहेको बुझिएको छ । उर्जा मन्त्री त रास्वपाकै उपाध्यक्ष भए र उनी पनि काठमाडौँको ३ नं क्षेत्रबाट निर्वाचन लड्ने घोषणा पनि गरिसकेका छन् ।

त्यस्तै वर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता पनि निर्वाचन लड्ने तयारीमा रहेका बुझिएको छ । उनीहरुले अहिलेसम्म निर्वाचन क्षेत्रको खुलासा त गरेका छैनन् तर पनि चुनाव लड्ने तयारीमा भने रहेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको जनसम्पर्क सल्लाहकार रहनु भएका गोविन्दनारायण तिमिल्सिना रास्वपाको समानुपातीक तर्फको उम्मेदवार बन्नुभएको छ ।

वर्तमान सरकार नागरिक अर्थात् दलबिहीन भनिएको थियो । जसको नेतृत्व पूर्व प्रधानमन्त्री सुशिला कार्कीले गरेकी छिन् र यस मन्त्रिपरिषदमा सर्वाेच्च अदालतका पूर्व न्यायाधीश अनिल सिन्ह्वा समेत उद्योग मन्त्रीका रुपमा सहभागी छन् । यसरी पूर्वप्रधानन्यायाधीश र सर्वाेच्चकै पूर्व न्यायाधीश सरकारमा सहभागी हुने संयोग सायदै मुलुकको मन्त्रिपरिषदले पहिले कहिल्यै पाएको थियो । त्यसैले यो सरकारलाई नागरिक र स्वतन्त्र सरकार भनिएको हो ।

तर सरकारका मन्त्री निर्वाचन लढ्नै पाउँदैनन् या कुनै पनि राजनीतिक दलसँग आबद्ध हुनै पाउँदैनन् भन्ने पनि होइन । यो उनीहरुको राजनीतिक अधिकारको कुरा हो । तर पनि स्वतन्त्र भनिएको यो सरकारका मन्त्रीहरु जब कुनै राजनीतिक दलसँग आबद्ध हुन्छन्, तब उनीहरुले सरकार छोड्दा राम्रो हुन्छ ।

राजनीतिक दलहरुले समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने सदस्यहरुको सूची निर्वाचन आयोगमा पठाइसकेका छन् । यतिखेर दलहरुले प्रत्यक्ष निर्वाचनको उम्मेदबारी छनौटमा लागेका छन् । अबको दुई हप्तापछि प्रत्यक्ष निर्वाचित हुने सदस्यले पनि उम्मेदबारी दिनुपर्नेछ । त्यसैले जब निर्वाचनको उम्मेदबारी दर्ता हुन्छ त्यस लगत्तै मन्त्रीहरुले राजीनामा दिएको राम्रो हुनेछ ।

आगामी फागुन २१ गतेका लागि मतदानको समय तोकिसकिएको छ । सो निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउने दायित्व वर्तमान सरकारको छ । त्यसैले सरकारले दलबिहीन स्वरुपमै रहँदा विश्वसनीय निर्वाचनका पद्दत पुग्ने देखिन्छ ।