३ भाद्र २०८३, बुधबार
,
Latest
मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह ‘चिट्ठामा रमाउने सरकार’ भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति नेप्से परिसूचक झिनो अङ्कले घट्यो बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

काराकासमा श्रृङ्खलाबद्व विस्फोट, भेनेजुएलाद्वारा अमेरिकालाई ‘आक्रामकता’ को आरोप



अ+ अ-

एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पको एक महिना लामो दबाब अभियान पछि शनिबार राजधानी काराकासमा विस्फोट भएको उल्लेख गर्दै भेनेजुएलाले संयुक्त राज्य अमेरिकालाई गम्भीर सैन्य आक्रमण गरेको आरोप लगाएको छ ।

फक्स न्यूज र सीबीएस न्यूज लगायत अमेरिकी मिडियाहरूले संयुक्त राज्य अमेरिकाले क्यारिबियन देशमा सैन्य आक्रमण गरिरहेको रिपोर्ट गरेका छन् ।

ह्वाइट हाउस र पेन्टागनले भने आक्रमणको बारेमा हाल सम्म कुनै टिप्पणी गरेका छैनन् ।

विस्फोट, शहरमा उड्ने विमानहरूको आवाजसँगै, उस्तै सुनिने गरी शनिबार राती २ः०० बजे देखि भएको एएफपीले जनाएको छ ।

राजधानीको उत्तरमा रहेको ला गुइरामा पनि विस्फोटको आवाज सुनिएको जनाइएको छ जहाँ काराकासको विमानस्थल र बन्दरगाह अवस्थित छ ।

“भेनेजुएलाका वामपन्थी राष्ट्रपति निकोलस मादुरोको सरकारले भेनेजुएलाको भूभाग र जनता विरुद्ध संयुक्त राज्य अमेरिकाको वर्तमान सरकारले गरेको गम्भीर सैन्य आक्रमणलाई भेनेजुएलाले अन्तर्राष्ट्रिय समुदाय सामु अस्वीकार, र निन्दा गरेको जनाएको छ ।

आक्रमण पछि उहाँले मुलुकमा आपतकालकोसमेत घोषणा गरिसकेको बताइएको छ ।

छिमेकी कोलम्बियाका राष्ट्रपतिले आक्रमणको विषयलाई लिएर संयुक्त राष्ट्र सङ्घको आपतकालीन बैठक बोलाउनु भएको छ ।

वामपन्थी नेता गुस्ताभो पेट्रोले सामाजिक सञ्जाल एक्समा भेनेजुएलामा भएको आक्रमणको बारेमा सम्पूर्ण विश्वलाई सचेत गराइरहेको जनाइएको छ ।

अहिले पनि मेसिन गन जस्तो धेरै विस्फोट र गोली चलेको आवाल सुनिरहेको अधिकारीहरुलाई उदृत गर्दै एएफपीले बताएको छ ।

स्थानिय बासिन्दाहरुका अनुसार सहरका केही भागहरूमा आक्रमण पछि बिजुली काटिएको छ ।

सुरुमा लागुऔषध तस्करी विरोधी अभियानको रूपमा प्रस्तुत गरेको क्यारिबियनमा विमान वाहक र लडाकु विमान तैनाथ गर्ने ट्रम्पले भेनेजुएलाको भूमिमा बारम्बार आक्रमण गर्ने धम्की दिएको जनाइएको छ ।

यस अघि सोमबार ट्रम्पले अमेरिकाले भेनेजुएलाका कथित लागुऔषध डुङ्गाहरू आक्रमण गरी नष्ट गर्ने बताउदै नियन्त्रण अभियानको पहिलो प्रयास आक्रमण हुने बताउनु भएको थियो ।

मादुरोले भने आक्रमणको पुष्टि तथा अस्वीकार नगरी बिहीबार वासिङ्टनसँगको सहकार्यका लागि खुला रहेको बताउनु भएको थियो ।

ट्रम्प प्रशासनले भने मादुरोलाई लागु औषध ओसार पसारको नेतृत्व गरेको आरोप लगाएको छ । मादुरोले लागु औषध कारोबारमा आफ्नो संलग्नतालाई अस्वीकार गर्दै वासिङ्टनले आफुलार्ई सत्ताच्युत गर्न खोजिरहेको बताउनु भएको छ ।

वासिङ्टनले पछिल्लो समयमा अनौपचारिक रूपमा भेनेजुएलाको हवाई क्षेत्र बन्द गरी थप प्रतिबन्ध लगाएको छ र भेनेजुएलाको तेलले भरिएका ट्याङ्करहरू जफत गर्न आदेश दिएको छ ।

अमेरिकी सेनाले सेप्टेम्बर देखि क्यारेबियन सागर र पूर्वी प्रशान्त महासागरमा डुङ्गाहरूमा धेरै आक्रमणहरू गरेको छ, जसलाई वासिङ्टनले लागुऔषध तस्करहरू भनेको छ ।
अमेरिकी सेनाका अनुसार आक्रमणमा कम्तीमा १०७ जनाको मृत्यु भएको छ ।