१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक सय ५० रुपैयाँमा वडाबाटै एक्स–रे सेवा



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका–८ ले रु १५० मै एक्स–रे सेवा सुरु गरेको छ ।

जयबागीश्वरीस्थित वडा कार्यालय परिसरमा स्थापना गरिएको एक्स–रे कक्षको उद्घाटन गर्दै महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल र वडाध्यक्ष एवं कामपा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले संयुक्त रुपमा सेवा प्रारम्भ गर्नुभएको हो ।

उक्त सेवा सञ्चालनका लागि रु ३२ लाखमा अत्याधुनिक मेसिन एक्स–रे मेसिन खरिद गरिएको हो । उपप्रमुख डङ्गोलले, आधारभूत र आकस्मिक स्वास्थ्य सेवाको पहुँचलाई सरल, सहज र गुणस्तरीय बनाउँदै लैजाने क्रममा एक्स–रे सेवा थप गरिएको बताउनुभयो ।

“माग र आवश्यकताका आधारमा सेवालाई विस्तार र सुदृढ बनाउँदै लैजानेछौँ । आधारभूत स्वास्थ्य सेवाबाट कसैले पनि वञ्चित हुनु नपर्ने अवस्था बनाउँछौँ”, उहाँले भन्नुभयो । वडाअध्यक्ष सङ्गतले मानव संशाधन, प्रविधि र उपकरण थप गर्दै लैजाने योजना रहेको बताउनुभयो । उहाँका अनुसार कामपाबाट सञ्चालन भएको एक्स–रे सेवा प्रदान गर्ने यो पहिलो वडा हो ।

विभागको भण्डार शाखा प्रमुख कमलप्रसाद भट्टराईका अनुसार वडा नम्बर ७, ८, १०, १२, १४, १६, १९, २६, २७ र ३२ गरी १० वटा वडामा एक्स–रे सेवा जडान हुँदैछ । यसका लागि १० जना रेडियोग्राफर नियुक्त गरिसकिएको छ ।