४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

कामपा वडा नम्बर ३० का विभिन्न स्थानमा ‘सिसिटिभी क्यामरा’ जडान

कामपा वडा नम्बर ३० का विभिन्न स्थानमा ‘सिसिटिभी क्यामरा’ जडान
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ३० भित्रका विभिन्न स्थानमा दृश्यसँगै तथ्याङ्क प्रदान गर्ने अत्याधुनिक ‘सिसिटिभी क्यामरा’ जडान गरिएका छन् । जडान भएका हिकभिजनका ती २९ क्यामरा एआई प्रविधिमा आधारित रहेका छन् ।

सूचना प्रविधिका नवीनतम् उपकरण उत्पादन गर्दै आएको चीनकोे विश्वप्रसिद्ध आइटी कम्पनी ‘हिक भिजन ब्राण्ड’ द्वारा उत्पादित क्यामरा हुन् । अति विकसित शहरमा विशेष गरेर शान्ति सुरक्षा, सडक दुर्घटना लगायत अन्य जानकारीका लागि यस्ता क्यामरा जडान गरेर सहायता लिइन्छ ।

ती ‘क्यामरा एआई’ प्रबिधिमा आधारित ‘ओपन नेटवर्क भिडियो इन्टरफेस फोरम’ (ओएनभीआइएफ) प्रोटोकलका भएका ‘हिक भिजन ब्राण्ड’ को नेपालको आधिकारिक राष्ट्रिय वितरक म्याक्सिमा मल्टिनेशन ट्रेडिङ प्रालीका प्रबन्ध निर्देशक प्रमोदकुमार अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आठ ‘मिगापिक्सेल’ र चार ‘मेगाापिक्सेल’का ती क्यामराले ५५० मिटरसम्म दुरीका दृश्यहरु स्पष्ट रुपमा खिच्न र कैद गर्न सक्दछन् । अत्याधुनिक ‘बुलेट क्यामरा’ले ६० मिटरसम्मको स्पष्ट दृश्य दिन्छन् । उहाँले भन्नुभयो “इन्बिल्ट एआई फिचर भएका यी क्यामराले सवारी साधनको नम्बर प्लेट, मानिसको अनुहार, मानिस सहित सवारी साधनको आवत जावत हेर्न, गणना गर्न र स्थिति स्पष्ट देख्न सकिन्छ । साथै पिटिजेड (स्वचालित रुपमा दायाँबायाँ घुम्ने, तलमाथि सर्ने र जुम इन र जुम आवट) हुने यी क्यामराबाट महत्वपूर्ण जानकारी , सूचना प्राप्त गर्न सहज हुने छ ।”

अङग्रेजी नयाँ वर्षको उपलक्ष्यमा हालै आयोजित कार्यक्रममा ती क्यामरा काठमाडौ महानगरपालिका वडा नम्बर ३० को कार्यालयलाई हस्तान्तरण गरिएको म्याक्सिमा मल्टिनेशन ट्रेडिङ प्रालीका निर्देशक कमल तामाङले जानकारी दिनुभयो ।

सो अवसरमा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले महानगरलाई प्रविधि मैत्री बनाईँदै लगिने नीति अनुसार महानगर भित्र फाइबर सञ्चालन प्रणाली ९तार रहीत० बाट सिसिटिभी मार्फत् निगरानी गरिने लक्ष्य रहेको जानकारी दिनुभयो । काठमाडौ महानगरपालिका –३० का वडाध्यक्ष दलबहादुर कार्कीले अब सुरक्षाका अवस्था र अन्य निगरानीका काम सिसिटिभी क्यामरा मार्फत निगरानीकक्षबाट गर्न सकिने बताउनुभयो ।

काठमाडौ महानगरपालिका–३० का वडा सचिव देवराज जोशीका अनुसार करिव ७० लाख रुपैयाँका लागतमा नयाँ किरण अल नेपाल जेभीबाट सिसिटिभी जडानका काम गराइएको हो । महानगरीय प्रहरीवृत्त माली गाउँका प्रमुख प्रहरी नायब उपरीक्षक धनबहादुर बोहरा सिसिटिभी क्यामरा तेस्रो आँखा भएको बताउनुभयो । उहाँका अनुसार यस्ता क्यामराबाट कुनै स्थानमा घटना भएमा, अपराध भएमा त्यस्ता अपराधिलाई पक्राउ गर्ने, दुर्घटना भएमा तत्काल उद्धार गर्ने लगायतका काममा सहज हुन्छ ।