१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

ग्लोबल आइएमई बैंकको नयाँ शाखा खोटाङको दिक्तेलमा

ग्लोबल आइएमई बैंकको नयाँ शाखा खोटाङको दिक्तेलमा
अ अ+ अ-

काठमाडौं । ग्लोबल आइएमई बैंकको खोटाङ शाखा शुक्रबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

उक्त शाखाको उद्घाटन संयुक्तरुपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल, उपमेयर विणादेवी राई, प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेल, खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपिन कुमार राई र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्नुभएको छ ।

समुद्घाटन कार्यक्रममा बोल्दै मेयर रिजालले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी लगायत देशका अन्य ठाउँमा ग्लोबल आइएमई बैंकले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनीय टेवा पुगेको बताउनुभयो । ग्लोबल आइएमई बैंकले सम्पूर्ण देशवासीको मन जित्न सफल भएको बताउँदै उहाँले थप प्रतिष्पर्धी बन्दै ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्न आग्रह गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी पौडेलले गाउँमा छरिएर रहेको पुँजीलाई संकलन गरी राष्ट्र निर्माणमा लगाउन आग्रह गर्नुभयो । उहाँले ग्लोबल आइएमई बैंकको उपस्थितिले खोटाङकोे आर्थिक समृद्धिमा थप सहयोग पुग्ने बताउनुभयो ।

खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राईले जिल्लामा छरिएर रहेको पुँजीलाई संकलन गरी जिल्लामै साना तथा मझौला उद्यमको विकास तथा जिल्लाको कृषि क्षेत्रमा लगानी गर्न बैंकलाई सुझाव दिनुभयो ।

कार्यक्रममा बोल्दै ग्लोबल आइएमइ बैंकका अध्यक्ष ढकालले बैंकको नयाँ शाखाबाट अन्तर्राष्ट्रियस्तरको बैंकिङ्ग सेवा उपलब्ध हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अध्यक्ष ढकालले सो क्षेत्रमा जम्मा भएको निक्षेप रकम सोहि क्षेत्रमानै परिचालन र शाखाले आर्जन गरेको नाफाको एक प्रतिशत रकम त्यही क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरुमा खर्च गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा बैंकका वरिष्ठ नायव कार्यकारी अधिकृत महेश शर्मा ढकालले १३ वर्षअघि स्थापना भएको ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले २७० शाखा, २५६ एटिएम, ३७ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २४९ शाखा रहित बैंकिङ्ग सेवा र विदेशमा ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना १८ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउनुभयो ।

त्यस्तै उहाँले बैंकले अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको र मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याई मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको बताउनुभयो ।

कार्यक्रमा खोटाङ जिल्लाका विभिन्न सहकारी कार्यालयका प्रमुखहरु, स्थानीय जनप्रतिनिधि, बुद्घिजीवि, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय नेता तथा जिल्ला÷नगर उद्योग वाणिज्य संघका पदाधिकारिहरु, स्थानीय व्यवसायी तथा स्थानीयवासीको ठूलो उपस्थिति रहेको थियो ।