१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

बाथरुमले यसरी लिन सक्छ ज्यान

बाथरुमले यसरी लिन सक्छ ज्यान
अ अ+ अ-

काठमाडौ । बानेश्वरका एलिना अधिकारी बाथरुममा नुहाउन जाँदाको घटना कहिल्यै बिर्सनु हुन्न । त्यही समय ठूलो पाठ सिकाएको छ उहाँलाई ।

अधिकारी भन्नुहुन्छ, “जाडो मौसमको बिहान सोलारको तातो पानीले नुहाउन भ्यालढोका बन्द गरेँ । तातो पानी खोलेँ । सानो बाथरुम भएकाले त्यसमा धेरै बाफ जम्मा भएर म त नुहाउँदा नुहाउँदै निसास्सिएँ, त्यसपछि केही पत्तो भएन ।”

धन्न उहाँकी बहिनी पनि नुहाउन हतार भएकाले बाथरुममा आइपुगिन् र बाहिरबाट ढोका खोलेर एलिनालाई निकाल्ने काम भयो । समयमै बाहिर आएकाले ज्यान पनि बच्यो, नत्र जे पनि हुन सक्थ्यो । राजधानीका धेरैजसो घरमा बाथरुम सानो हुने र भेन्टिलेसनसमेत नहुने भएकाले यस्तो समस्या आउने गरेको छ । अधिकारीले थप्नुभयो, “त्यो घटनापछि बाथरुमको झ्यालमा पर्दा हालेर भेन्टिलेसन हालेको छु ।”

बाथरुममा लडेपछि गणित पढाउने शिक्षक रामनाथ चापागाईंलाई प्यारालाइसिस भयो । छ महिनापछि अलिअलि हिँडडुल गर्न सक्ने भएपछि उहाँले विद्यार्थीलाई घरमै बोलाएर पढाउन थाल्नुभएको छ । उहाँ भन्नुहुन्छ, “हामीले सामान्य सुरक्षामा ध्यान नदिँदा ठूलो घटना निम्त्याउन सक्छ । त्यसैले बाथरुम, ट्वाइलेट सधैँ सफा र सुरक्षित राख्न जरुरी छ ।” चिकित्सक डा. मनिष श्रेष्ठ बाथरुममा अक्सिजनको अभावमा निसास्सिएर मृत्यु भएको हुनसक्ने बताउनुहुन्छ । चिसो पानीमा नुहाउँदा उच्च रक्तचापका बिरामीलाई हृदयाघात हुनसक्छ तर तातो पानीमा त्यस्तो समस्या नहुनुपर्ने हो । उहाँले भन्नुभयो, “ढोका पूर्ण रूपमा बन्द हुने खालको भएकाले पनि अक्सिजनको अभावमा निसास्सिएर मृत्यु हुनसक्छ ।”

चिसोको समयमा झ्यालढोका बन्द गरेर हिटरलगायत विभिन्न सामग्री प्रयोग गरेर सुत्दा मानिसको ज्यान जाने गरेको डा। श्रेष्ठ बताउनुहुन्छ । कोठामा जम्मा भएको ग्यास बाहिर जान नपाउँदा मानिसको ज्यान जाने गरेको उहाँले बताउनुभयो । झ्याल खोलेर मात्र हिटरलगायत विद्युतीय सामान प्रयोग गर्न उहाँको सुझाव छ । सुरुमा टाउको दुख्ने र केही समयपछि निसास्सिएर मानिसको मृत्यु हुने भन्दै उहाँले थप्नुभयो, “बाथरुम अँध्यारो हुनु, साबुन र सेम्पुको चिप्लो रहनु, बाथरुममा पानी चिसो हुनुु, खस्रो सोल भएको चप्पल प्रयोग नगर्नु, राति ब्यूँझिएर अर्धहोशमै बाथरुम जानु जस्ता कारणले दुर्घटना बढिरहेको छ । ”

“बाथरुममा लड्दा अपाङ्गता भई मृत्युसमेत हुनसक्छ”, हाडजोर्नी विशेषज्ञ डा. प्रकाश द्वारे बताउनुहुन्छ । उहाँले बाथरुममा लड्दा जुन अङ्गमा ठोकिन्छ, त्यही अङ्ग र सँगै रहेको हड्डीमा असर पर्ने हुँदा आँखा गुम्ने, दाँत भाँचिने, करङ भाँचिने, मेरुदण्ड भाँचिने, हातखुट्टा भाँचिने, शरीरका भित्री अङ्गमा रगत जम्ने, भित्री अङ्गमा चोट पुग्ने, गर्भवतीको गर्भ पतन हुनेलगायत धेरै अकल्पनीय स्वास्थ्य समस्या बेहोर्नुपर्ने जानकारी दिनुभयो । त्यसैले बाथरुम सफा राखी कारणवश लडेमा कम क्षति हुने प्रकारले बनाउनुपर्छ । खस्रो सोल भएको चप्पल प्रयोग गर्नु राम्रो हुने जानकारी दिँदै डा. द्वारेले बाथरुममा प्रकाशको पर्याप्त व्यवस्था गर्नुपर्छ भन्नुभयो ।

भिजेका कपडा नराख्ने, मिल्ने ठाउँमा खस्रो कार्पेट राख्ने, बाथरुममा खस्रो टायल लगाउने, सकभर ट्वाइलेट र बाथरुम अलग अलग बनाउने सुझाव पनि उहाँले दिनुभयो । चस्मा प्रयोग गर्ने व्यक्तिले बाथरुम जाँदा पनि चस्मा प्रयोग गर्नुपर्छ । राति उठेर केही मिनेट बसेपछि अर्थात् पूर्ण होशमा आएपछि मात्र बाथरुममा जानु राम्रो हुन्छ । डा.द्वारेले निद्रा लाग्ने औषधिसेवी, मादक पदार्थसेवी र उच्च रक्तचाप भएका तथा वृद्धवृद्धाले विशेष ख्याल गर्नुपर्ने जानकारी दिनुभयो ।

बाथरुम सफा हुनुपर्छ
बाथरुम तथा ट्वाइलेट व्यक्तिले नियमित समय बिताउने स्थान हुन् । घरको बैठक कोठाभन्दा बढी कतिपयले बाथरुम या ट्वाइलेटमा बिताउने गरेका छन् । हरेक पटक नुहाइसकेपछि बाथरुमको भित्ता तथा ढोकामा लुगाले पुछ्नुपर्छ । यसले गर्दा त्यहाँ लागेको बाफ तथा पानी जान्छ र सफा भइरहन्छ । यस्तै बाथटब पनि त्यसैगरी सफा गर्नुपर्छ ।

कम्तीमा हप्ताको एक पटक फ्लोर क्लिनर तथा ट्वाइलेट क्लिनर प्रयोग गरेर बाथरुम, ट्वाइलेटको भुइँ तथा बेसिनहरू ब्रस लगाएर सफा गर्नुपर्छ । बाथरुममा प्रयोग हुने टाबेल, म्याट हप्ता–हप्तामा सफा गर्नुपर्छ । बाथरुम तथा ट्वाइलेटको कुनाकाप्चा पनि हप्ता दिनमा सफा गर्नुपर्छ । बाथरुम तथा ट्वाइलेटमा प्रयोग भएका पर्दाहरू महिनाको एक पटक धुनुपर्छ । यसो गर्दा बाथरुम–ट्वाइलेट सफा रहन्छ ।

बाथरुममा लडेर मृत्यु
शिक्षासेवी डा. बाबुराम पोखरेलको बाथरुममा लडेर मृत्यु भएको थियो । नेपाल क्रिकेट सङ्घ क्यानका पूर्वअध्यक्ष तथा पूर्वराष्ट्रिय क्रिकेट खेलाडी जयकुमारनाथ शाहको बाथरुममा लडेर मृत्यु भयो । त्यस्तै भारतका चर्चित बाबा राम कृपाल महाराजदेखि माइकल ज्याक्सनको पनि बाथरुममै लडेर मृत्यु भएको थियो ।

बाथरुममा अनेक जोखिम
पछिल्लो समय ट्वाइलेट–बाथरुममा हुने यस्ता दुर्घटनाको दर बढिरहेको छ । तर अस्पतालदेखि प्रहरी कसैले पनि यस्ता दुर्घटनामा ज्यान गुमाउने र घाइते हुनेको आँकडा राखेका छैनन् ।

हड्डीरोग विशेषज्ञ डा. श्रीकृष्ण गिरी बाथरुममा लडेपछि हेड इन्जुरी (टाउकोको चोट) मृत्युको मुख्य कारण बन्ने गरेको बताउनुहुन्छ । त्यसरी लड्दा हुने स्पाइनल इन्जुरी (मेरुदण्डको चोट)ले दुर्घटनापछि गम्भीर खालको अपाङ्गता हुने गरेको उहाँले उल्लेख गर्नुभयो । शौच गर्दा कहिलेकाहीँ अचानक रक्तचाप घटबड भएर बेहोश हुने समस्या आउने र त्यो अवस्थामा समेत दुर्घटनाको जोखिम रहने न्युरो सर्जन डा। गोपाल सेढाईंले बताउनुभयो । सेढाईंका अनुसार त्यसबाहेक धेरैमा ‘पोस्टुरल हाइपोटेन्सन’ (बसेर उठ्दा रिँगटा लाग्ने समस्या) हुने र मधुमेह तथा रक्तचापका बिरामीको रक्तचाप अचानक घटबड हुँदा रिँगटा लागेर लड्न सक्ने खतरा अधिक रहन्छ ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।