१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

दुई वर्षपछि बल्ल लाइसेन्स !

दुई वर्षपछि बल्ल लाइसेन्स !
अ अ+ अ-

काठमाडौँ । भक्तपुरका कुमार नगरकोटीले ट्रायल उत्तीर्ण गरेको दुई वर्षपछि बल्ल सवारी चालकको स्मार्ट अनुमतिपत्र (लाइसेन्स) पाउनुभयो । २०७४ फागुनमा उहाँले ट्रायल उत्तीर्ण गर्नुभएको थियो ।

यस बीचमा आठ पटक यातायात कार्यालय धाउनुभयो तर प्रिन्ट भएको छैन भन्दै फर्किनुप¥यो । बुधबार यातायात व्यवस्था विभाग नयाँ बानेश्वरमा लाइन बसेर लाइसेन्स लिनुभएका नगरकोटीले खुसी व्यक्त गर्न भने सक्नुभएन ।

उहाँको भनाइ थियो– दुई वर्षमा पुरानो लाइसेन्स पाइयो, आठ÷दस पटक आए हुँला तर प्रिन्ट भएको छैन भन्दै फर्काइदिन्थे, आज पनि पाइन्छ भन्ने खासै आश थिएन तर प्रिन्ट भएको रैछ, बल्लबल्ल ट्रायल उत्तीर्ण गरियो लाइसेन्स पाइन्छ दुई वर्षपछि, सम्झिँदा मलाई त हाँसो पो लाग्छ ।

नगरकोटीसँगै बुधबार विभागमा लाइनमा बस्नुभएका पूर्ण श्रेष्ठको समस्या पनि उस्तै छ । पहिला मोटरसाइकलको लाइसेन्स लिएका श्रेष्ठले डेढ वर्षअघि लाइसेन्स परीक्षा उत्तीर्ण गर्नुभयो तर डेढ वर्ष कुरेपछि बल्ल लाइसेन्स आयो । उहाँको गुनासो छ– विभागले काम गर्न सक्दैन तर समस्या हामीले भोग्नुुपर्ने, रसिद देखाएर सवारी चलाउँदा ट्राफिकले कारबाही गर्छ, यसमा हाम्रो गल्ती होइन, एउटा लाइसेन्स लिँदा पनि हामी जनताले यति सास्ती भोग्नुपर्ने ?

नगरकोटी र श्रेष्ठका जस्तै समस्या झेल्नेको सङ्ख्या सात लाख छ । यातायात व्यवस्था विभागले माग अनुसार लाइसेन्स वितरण गर्न नसकेपछि प्रिन्ट गर्न बाँकी लाइसेन्सको सङ्ख्या अहिले सात लाख पुगेको छ । यो सङ्ख्या दुई वर्षदेखि लाइसेन्स कुर्न बाध्य छ । वैदेशिक रोजगारीमा जान लागेका र लाइसेन्स अति आवश्यक हुनेका लागि छिटो प्रिन्ट गर्ने सुविधा गरिएको छ । त्यो सुविधा पनि वास्तविक समस्यामा पर्नेको पहुँचमा पुग्न सकेको छैन ।

प्रिन्ट गर्न बाँकी स्मार्ट लाइसेन्स आगामी छ महिनामा सम्पन्न हुने यातायात व्यवस्था विभागले जनाएको छ । तीन वटा पुराना र एउटा मास प्रिन्टर तीन सिफ्टमा सञ्चालन गरिएकाले छ महिनामा सबै सकिने विभागको दाबी छ । दैनिक करिब पाँच हजार लाइसेन्स प्रिन्ट भइरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभयो । विभागले दुई हप्तादेखि बिहान, दिउँसो र साँझ गरी तीन सिफ्टमा प्रिन्ट मेसिन सञ्चालन गरेको छ । महानिर्देशक हमाल मासप्रिन्टरबाट एक लाखभन्दा बढी प्रिन्ट भइसकेका छन्, तीन वटा पुराना प्रिन्टरले दैनिक करिब एक हजार प्रिन्ट गर्छन्, यही गतिमा कामअघि बढे पाँच÷छ महिनामा सामान्य गतिमा आउछौँं, प्रिन्ट गर्न बाँकी सबै सक्छौँ भन्नुहुन्छ ।

विगतमा समस्या भए पनि अहिले मेसिन वा कागजमा कुनै समस्या नभएको विभागले जनाएको छ । विभागका अनुसार हाल दैनिक तीन हजार लाइसेन्सको माग छ । महिनामा करिब ९० हजार लाइसेन्सको माग छ तर मागको ५० प्रतिशत मात्र प्रिन्ट गर्ने क्षमता भएकाले लामो समयसम्म कुर्नुपर्ने बाध्यता रहेको
हमालको भनाइ छ ।

थप अर्को मासप्रिन्टर ल्याउने तयारी भएको विभागले जनाएको छ । महानिर्देशक हमाल अर्को मासप्रिन्टर ल्याउन हामी प्रक्रियामा छौँ । अहिले मुद्रण विभागसँग छलफल भइरहेको छ भन्नुहुन्छ । लाइसेन्स वितरणको काम प्रदेश सरकारले गर्ने भएकाले सातै प्रदेशबाट काम सुरु भएपछि समस्या नरहने विभागको दाबी छ ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।