२८ श्रावण २०८३, बिहीबार
,
Latest
उपभोक्ताले ग्यास नपाइरहेका बेला होटल रेडिसनमा भेटियो १८४ सिलिन्डर सरकारको कार्यसम्पादन कागजमा मात्र सिमित भएको सांसद रखालको आरोप चोरी भएका ५० थान दुई पाङ्ग्रे सवारीसाधन धनीलाई हस्तान्तरण मुलुकको वर्तमान समस्या र समाधानका लागि योग तथा ध्यानलाई राष्ट्रिय जीवनशैली बनाउनुपर्छः सांसद सापकोटा शशांक भन्छन्ः काँग्रेसको वैधानिक सभापति देउवा नै हुन् सरकारी स्वास्थ्य संस्थामा औषधिको अभाव भएको भन्दै सांसद चौधरीद्वारा सरकारको ध्यानाकर्षण सामाजिक सद्भाव कायम गर्न र महँगी नियन्त्रण गर्न सांसद विश्वकर्माको माग सांसद चन्दको प्रश्नः जनतालाई आधा सिलिण्डर ग्यास दिन नसक्नेले कुन नैतिकताले हामीसँग ३५ वर्षको हिसाव… आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा सिद्धार्थ कुमार ठाकुर नियुक्त शुन्य समयः प्रेस स्वतन्त्रता, महँगी र विकास आयोजनाका प्रभावबारे सरकारको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘तथ्याङ्क प्राविधिक विषय मात्रै नभई सुशासनको अपरिहार्य तत्व’



फाइल फोटो
अ+ अ-

काठमाडौँ। मुख्यसचिव सुमनराज अर्यालले तथ्याङ्क प्राविधिक विषय मात्रै नभई सुशासनको अपरिहार्य तत्व भएको बताउनुभएको छ ।

तथ्याङ्क दिवस–२०८२ का अवसरमा राष्ट्रिय तथ्याङ्क कार्यालयमा आज आयोजित कार्यक्रममा उहाँले तथ्याङ्कीय सुशासनलाई समग्र पक्षबाट हेरिनुपर्ने बताउनुभयो ।

“तथ्याङ्कलाई प्राविधिक भाष्यका रुपमा मात्रै सीमित हुनु हुँदैन, तथ्याङ्कीय प्रणाली २१ औँ शताब्दी सुहाउँदो हुनुपर्छ । यति गर्न सकियो भने मात्रै देशले भोगेको र खोजेको विषय सम्बन्ध गर्न सक्छ”, मुख्यसचिव अर्यालले भन्नुभयो ।

तथ्याङ्कलाई जति विश्वसनीय बनाउन सकियो त्यति नै त्यसले ठूलो अर्थ राख्ने उल्लेख गर्दै उहाँले तथ्याङ्कले समग्र अर्थतन्त्रमा उकास्न सहयोग गर्ने बताउनुभयो ।

तथ्याङ्क ऐन जारी भएपछि यस क्षेत्रमा धेरै सम्भावनाको ढोका खोलेको जनाउँदै मुख्यसचिव अर्यालले अन्तर निकाय तथ्याङ्क कार्य समूहलाई सक्रिय बनाउन सक्दा सरकारलाई नै सहयोग पुग्ने बताउनुभयो । तथ्याङ्क दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउनुपर्नेमा जोड दिँदै उहाँले यसका लागि आफ्नो तर्फबाट सहयोग रहने विश्वास दिलाउनुभयो ।

कार्यक्रममा उपप्रमुख तथ्याङ्क अधिकारी ढुण्डीराज लामिछानेले तथ्याङ्क दिवससम्बन्धी प्रस्तुति दिनुभएको थियो । सो अवसरमा कार्यालयमा कार्यरत कर्मचारीलाई सम्मान गरिएको थियो । रासस