१८ असार २०८३, बिहीबार
,
Latest
असई विक मृत्यु प्रकरणः पूर्वसांसद महतोसहित छ जनालाई पाँच वर्ष कैद, तीन जनालाई जन्मकैद सजाय सवारीको ठक्करदिँदा युवकको मृत्यु सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनाधिकृत तथ्यांक बढ्दै, डिजिटल र एआई प्रयोग गरेर भए पनि सही तथ्यांक संकलन गर्नुपर्नेमा जोड



अ+ अ-

काठमाडौँ । पछिल्लो समय मुलुकमा अनाधिकृत रुपमा तथ्यांक संकलन गर्ने र बाहिर ल्याउने क्रम बढेर गएको छ । विज्ञहरुकाअनुसार त्यसले जनमानसमा भ्रम छर्नेदेखि सरकारले उत्पादन गरिरहेका तथ्यांकहरुलाई चुनौती दिएको भन्दै अब ति चुनौतीहरुलाई चिरेर राष्ट्रिय तथ्यांक कार्यालय अघि बढ्नुपर्ने देखिएको छ ।

तथ्यांक दिवस २०८२ का अवसरमा राष्ट्रिय तथ्यांक कार्यालयले बिहीवार आयोजना गरेको कार्यक्रममा आधिकारिक तथ्यांक प्रणालीमा देखिएका चुनौती र सुधारका उपायहरुलाई विज्ञहरुले देखाएका छन् । कार्यक्रममा राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख एवं तथ्यांक अधिकारी ढुण्डीराज लामिछानेले आधिकारिक तथ्यांकभन्दा बाहिरका तथ्यांक उत्पादन र प्रयोग बढ्दै गएको बताउनु भयो  । अनुमति नलिई विभिन्न निकायबाट तथ्यांक उत्पादन हुने, एकरुपता नहुने र अन्तर्राष्ट्रिय फ्लो नमिल्ने समस्या रहेको उहाँको भनाइ थियो । सामाजिक सञ्जालबाट अनाधिकृत र झुटो सूचना फैलिनु, तथ्यांक जनशक्तिको पलायन, प्रदेश तथा स्थानीय तहमा तथ्यांक प्रणाली स्थापना ढिलाइ हुनु पनि प्रमुख चुनौती रहेको उहाँले उल्लेख गर्नुभयो ।

लामिछानेले डिजिटल युगमा घरघरमा गएर तथ्यांक संकलन गर्ने अभ्यास कमजोर हुँदै गएको भन्दै वैकल्पिक स्रोतको अधिकतम प्रयोग, डिजिटल प्रणाली, नवीन प्रविधि र कृत्रिम बौद्धिकताको उपयोग आवश्यक रहेको बताउनु भयो । साथै तथ्यांक क्यालेन्डर विकास, तालिम तथा अनुसन्धान केन्द्र स्थापना र अनुभवी विज्ञको मंच गठन गर्नुपर्ने सुझाव आफ्नो कार्यपत्रमा पेश गर्नुभयो ।

लामिछानेले भन्नुभयो– ‘आधिकारीक तथ्यांक भन्दा बाहिरका तथ्यांक प्रवेश हुन थालेको छ । अनुमति नलिइ धेरै ठाउँबाट तथ्यांक उत्पादन हुने, एकरुपता नहुने,अन्तर्राष्ट्रिय फ्लो नहुने, आफ्नो तरिकाले गर्ने र अन्तिममा प्रकाशन गर्ने बेला प्रमाणिकरण गर्न आउने बढेको छ । अन्तर्राष्ट्रिय स्तरबाट पनि कतिपय इन्डेक्सहरु आफ्नो तरिकाले निकालिदिने गरिएको छ । अहिले धेरै सूचकहरु आफ्नो तरिकाले आउने गरेको छ । त्यो आधाकारिक तथ्यांक होइन । तथ्यांक उत्पादनमा वैकल्पिक स्रोतको विकल्प खुला छ । सामाजिक संजालबाट अनाधिकृत र झुटा सूचनाहरु हुने क्रम बढेको छ । प्रयोगकर्ताको असिमित आवश्यकता छ । पुरा गर्ने अवस्था छैन । हाम्रा पनि कमजोरी छन् । तथ्यांक रिपोर्ट हामीले निकाल्छौं तर आम नागरिकले बुझ्ने गरेर विश्लेषण दिने गरेका छैनौँ । तथ्यांक जनशक्तिको पलायन र उपलव्ध नहुनु पनि चुनौतीका रुपमा छ । प्रदेश तथा स्थानीय तह तथ्यांक प्रणाली स्थापना तथा संचालनमा विलम्व छ । यसले प्रदेश स्थानीय तह एकदमै निराश छ । गणकलाई सरकार प्रति नैराश्यता बढाउने कार्यमा बढेत्तरी भएको छ । डिजिटल युग शुरु भएकाले घरघरमा गएर तथ्यांक संकलन गर्ने कार्य कमजोर भएर गएको छ ।

आधिकारी तथ्यांकका लागि सबै वैकल्पिक स्रोतको अधिकतम प्रयोग गर्नुपर्छ । सकेसम्म डिजिटल प्रयोग गर्ने, सकेसम्म सर्वे र गणनालाई कम गर्दै जानुपर्छ । नविननतम प्रविधि र कृत्रिम बौद्धिकताको सदुपयोग गरेर रणनीति बनाउनुपर्छ । तथ्यांक क्यालेण्डरको विकास गर्नुपर्छ । सबै निकायले कहिले के उत्पादन गर्ने त्यो क्यालेन्डरमा हुनुपर्छ । अनुसन्धान तथा विकास जिम्मेबारी सहितको तालिम केन्द्र स्थापना गर्नुपर्छ । सेवा निवृत्ति तथा अनुभवी विज्ञ मंच गठन गर्नुपर्छ । जापानमा पनि यो अभ्यास रहेछ । त्यसबाट सिको गरौँ ।’ 

राष्ट्रिय योजना आयोगका सहसचिव हरिशरण पुडासैनीले तथ्यांक संकलनदेखि विश्लेषणसम्मका सबै प्रक्रिया चुनौतीपूर्ण रहेको बताउनु भयो । उहाँकाअनुसार कार्यालयले निकालेका तथ्यांकलाई मिडिया र जनताले कसरी लिन्छन् भन्ने नै ठूलो चुनौती हो । ब्यूरोक्रेसीभित्रकै मतभेदले तथ्यांकको विश्वसनीयतामाथि प्रश्न उठ्ने गरेको भन्दै राष्ट्रको आवश्यकता र नीति निर्माणमा पर्ने प्रभावलाई केन्द्रमा राखेर तथ्यांक उत्पादन गर्नुपर्ने उहाँको धारणा थियो ।

सहसचिव पुडासैनीले भन्नुभयो– ‘तथ्यांक संकलनदेखि उत्पादन गरेर विश्लेषण गर्नेसम्मका कार्यहरु चुनौतीपूर्ण छ । हामीले निकालेका तथ्यांकहरुलाई मिडिया जनताले कसरी लिन्छ भन्ने महत्वपूर्ण हो । यो सबैभन्दा ठूलो चुनौतीको विषय हो । हामीले निकालेका तथ्यांकमा ब्यूरोक्रेसी भित्रमै केही मतभेद हुँदो रहेछ । यसले विश्वसनियता माथि प्रश्न उठाउछ । हामीले तथ्यांक संकलन गर्दा पहिला हामी स्पष्ट हुनुपर्छ । वास्तवमा कसले के चाहन्छ भन्दा पनि राष्ट्रले के चाहन्छ, राष्ट्रलाई के आवश्यकता के हो र त्यो तथ्यांक सर्कुलर गरेपछि हामीले के प्राप्त गछौँ । र सरकारका नीति निर्माणमा के असर गर्छ, त्यसमा हामीले ख्याल गर्न जरुरी छ ।’
कार्यक्रममा नेपाल सरकारका पूर्वमुख्यसचिव वैकुण्ठ अर्यालले योजना निर्माणका लागि जनशक्ति सम्बन्धी आधिकारिक तथ्यांक अत्यावश्यक रहेको बताउनु भयो । उहाँकाअनुसार अहिले डाक्टर अभाव र नर्सको ओभर उत्पादन भएको भन्ने कुराहरु आइरहेका छन् । खास के हो त भन्ने सम्बन्धमा सर्भे गरेर तथ्यांक कार्यालयले बाहिर ल्याउन सक्छ ।

पूर्वमुख्यसचिव अर्यालले भन्नुभयो–‘१७ औँ योजना बनाउँदा हामीलाई अब हामीले खोजेको जस्तो पूर्वाधार, सामाजिक क्षेत्र विकासका लागि हामीलाई कस्तोकस्तो जनशक्ति कतिकति आवश्यक पर्छ, र त्यसका लागि आपूर्ति कसरी हुन्छ ? हाम्रा संघ संस्थाले कसरी पढाउँछन् ? यसमा अभ्यास गरौँ । अहिले डाक्टरहरु हामी कहाँ भनेजति छैनन्, पढेजति विदेश पलायन भए । नर्सहरु ओभर उत्पादन भए । हामीले काम दिन सकेनौँ । किनभने हामीले योजना बनाएर उत्पादन गर्न सकेनौँ । त्यसको आधाकारित तथ्यांक राष्ट्रिय तथ्यांक कार्यालयले दिनुपर्ने हो । अब तथ्यांक कार्यालयले जिपिएस राखेर पनि तथ्यांक संकलन गर्नसक्छ ।’

उहाँले राष्ट्रिय तथ्यांक कार्यालयले जीपीएस जस्ता प्रविधि प्रयोग गरेर अझ प्रभावकारी रूपमा तथ्यांक संकलन गर्नसक्ने सुझाव उहाँले दिनुभयो ।