१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

प्युठानकी चित्रकलीलाई प्रदेश रत्न पदकबाट विभूषित गराउने ‘अल्लो’

प्युठानकी चित्रकलीलाई प्रदेश रत्न पदकबाट विभूषित गराउने ‘अल्लो’
अ अ+ अ-

बुटवल । प्युठानकी चित्रकली बुढालाई प्रदेश रत्न पदकबाट विभूषित गर्‍यो। उनले प्रदेश ५ प्रमुखको हातबाट पदक लिइन्। पदकले उनको गर्जौ टर्दैन। प्रदेश सरकारले स्थापना दिवस मनाइरहेको बुटवल बहुमुखी क्याम्पसको चौरमा बसिन् र अल्लोका कपडा फिँजारिन्। अल्लो सिस्नु प्रजातिको वनस्पति हो। जसबाट धागो बनाइन्छ। धागोबाट विभिन्न कपडा। चित्रकली त्यही सिस्नोबाट बनेका कपडा व्यवसायी हुन्।

उनी अल्लोबाटै परिचित छिन्। ‘पदकले त खान दिन्न नि’, उनले भनिन्, ‘दुईचारवटा टोपी बिक्री भए त गर्जो टर्छ।’ उनलाई सम्मान पाएकोमा भने हर्ष छ। चित्रकलीले पदक र प्रमाणपत्र सँगै राखेकी थिइन्। व्यापारमा उनका पतिले सघाइरहेका थिए। उनका उत्पादन किन्नेको चहलपहल थियो। चित्रकलीले १८ वर्षअघि १० हजार रुपैयाँ लगानीबाट व्यवसाय थालेकी थिइन्। अहिले उनी वार्षिक करिब ५० लाख कारोबार गर्छिन्। गाउँमा खेर जाने सिस्नो उपयोग गरेर धागो कात्न थाल्दा उनले यसको व्यावसायिक महत्त्व बुझेकी थिइनन्। काम गर्दै गएपछि सामानको माग बढ्दै गयो।

अल्लोको अन्तर्राष्ट्रिय बजार हुँदो रहेछ भन्ने उनले पछि मात्रै थाहा पाइन्। ‘अल्लो त महत्त्वपूर्ण रहेछ। सिस्नोले पैसा फलाएको छ’, उनले भनिन्, ‘पदक पनि त्यसैले दिलायो।’ उनले परम्परागत रूपमै कपडा बुन्न थालेकी हुन्। अहिले अल्लोका पोसाकको माग बढेको छ। चित्रकली अल्लो चिनाउन मेला– महोत्सवसमेत धाइन्। उनी अल्लोको कोट, टोपी, जुत्ता, पछ्यौरा, झोला, पर्स बनाउँछिन्। चित्रकलीको कोठी हिमाल अल्लो उद्योगमा डेढ दर्जनले रोजगारी पाएका छन्। प्युठान मात्रै होइन, छिमेकी रोल्पा, रुकुम, बागलुङका महिलालाई समेत उनले अल्लोको सामान उत्पादनमा संलग्न गराइन्। तालिम दिइन्।

अल्लोका उत्पादन स्वदेशमा मात्रै सीमित छैनन्। चित्रकली निर्यात प्रवद्र्धनमा सरकारले सहयोग गर्नुपर्ने बताउँछिन्। उनका अनुसार नेपालमा उत्पादित अल्लोका उत्पादन साउदी, कतार, अस्ट्रेलिया, मलेसिया, थाइल्यान्ड, इजरायल, सिंगापुर निर्यात हुन्छन्। ‘प्रदेशलाई समृद्ध बनाउने नारामा अल्लोको पनि योगदान हुन्छ’, उनले भनिन्। अल्लो कपडा उद्योग महासंघको नेतृत्वमा पुगेकी चित्रकली सरकारले सहुलियत कर्जा र बजारीकरणमा सहयोग गरे उत्पादन बढाउन सकिने बताउँछिन्। अन्नपुर्णपोष्ट दैनिकबाट