१८ असार २०८३, बिहीबार
,
Latest
असई विक मृत्यु प्रकरणः पूर्वसांसद महतोसहित छ जनालाई पाँच वर्ष कैद, तीन जनालाई जन्मकैद सजाय सवारीको ठक्करदिँदा युवकको मृत्यु सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अंग्रेजी नयाँ वर्षमा जनकपुरधाममा बढे पर्यटक



अ+ अ-

जनकपुर । अंग्रेजी नयाँ वर्ष २०२६ को आगमनको अवसरमा जनकपुरधाममा पर्यटकहरुको भीड बढेको छ ।

अंग्रजी नयाँ वर्ष मनाउन जनकपुरधाममा आन्तरिक तथा भारतीय पर्यटकहरुको घुइँचो लागेको हो ।

जानकी मन्दिरमा दर्शन तथा पूजापाठ गरेर नयाँ वर्षको शुरुवात सुखमय होस् भन्ने अभिलाषाका साथ जनकपुरधाममा पर्यटकहरु आएका छन् । बिहानैदेखि जनकपुरधामको जानकी मन्दिर, राम मन्दिरलगायतका मठ मन्दिरहरुमा पर्यटकहरुको भीड छ । भारतीय गाडीहरुको चाप बढेको छ । महोत्तरीको जलेश्वर भिठामोड र धनुषाको जटही नाकाबाट भारतीय पर्यटकहरु अत्यधिक रुपमा जनकपुरधाम आएका छन् । पछिल्लो वर्ष नेपालले राजनीतिक रुपमा ठूलै संकटको सामना गर्नुपरेको र आउने दिन नेपालकालागि सुखमय होस् भन्ने कामना दर्शनार्थीहरुले गरेका छन् ।

नयाँ वर्षमा अहिले अत्याधिक रुपमा पर्यटकहरु आएका कारणले व्यापार र व्यवसायसमेत राम्रै चलेको छ ।