१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

बुढीगण्डकीले गुणात्मक परिवर्तन ल्याउछ: प्रचण्ड

बुढीगण्डकीले गुणात्मक परिवर्तन ल्याउछ: प्रचण्ड
अ अ+ अ-

धादिङ । नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले बुढीगण्डकी जलविद्युत परियोजनाले नेपालको अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउने बताएका छन् । शुक्रबारदेखि धादिङवेशीमा सुरु भएको सातौं धादिङ महोत्सवको उद्घाटन गर्दै प्रचण्डले नेपालकै बहुआयामिक महत्वपूर्ण बुढीगण्डकी जलविद्युत परियोजनाले नेपालको अर्थतन्त्रमा र धादिङ तथा गोरखाको जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउने बताएका हुन् ।

प्रचण्डले बुढीगण्डकी जलविद्युत परियोजना जति तिव्र गतिमा निर्माणको कामअघि बढ्नुपर्ने भए पनि त्यस्तो नभएको र अब छिट्टै परियोजना निचोडमा पुग्नेसमेत प्रतिवद्धता व्यक्त गरे । धादिङ र गोरखा जिल्ला मात्र नभर्य समग्र नेपालको विकासको लागि पनि बुढीगण्डकी जलविद्युत आयोजना मुख्य रहेको समेत दाहालले बताए । उनले पछिललो समय धादिङ जिल्लाले विस्तारै आर्थिक वृद्धि हासिल गर्दै गएको भन्दै कृषि, पर्यटन, जडिबुटि, धार्मिकलगायत आर्थिक विकासको क्षेत्रमा धादिङ पहिलो जिल्ला रहेको र उद्योग धन्दामा पनि अघि बढ्दै गएको बताए ।

प्रचण्डले पार्टी एकतापछि कसैले सोच्नै नसकेका परिवर्तनहरू भएको समेत जिकिर गरे । असम्भव भएका कुराहरू विस्तारै सम्भव हुँदै गएको बताए । एक अर्कालाईमा निषेध गर्ने, एक अर्कालाई हिंसा र प्रतिहिंसाकै बलमा सिध्याउछु भन्नेहरू हात मिलाउने ठाउँमा आए, शान्ति सम्झौता भए, संविधान सभाको निर्वाचन सम्पन्न जस्तो अकल्पनीय कामहरू भएको उनको भनाइ थियो । ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत, पर्यटन र उद्योगको पूर्वाधार’ भन्ने नारा सहित शुक्रबारदेखि सातौँ धादिङ महोत्सव सुरु भएको छ ।

धादिङ उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सवको आज नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका हुन् । महोत्सव अवधिभर २ लाख दर्शकले अवालोकन गर्ने र ५ करोड भन्दा बढी कारोबार हुने लक्ष्य राखिएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ३ खुल्लामञ्चमा सुरु भएको महोत्सवमा आज धादिङवासीको पुछारबजारदेखि विभिन्न जातजाति र भाषाभाषीको झाँकी प्रदर्शन गरिएको थियो ।

जिल्लाको कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रको प्रचारप्रसार तथा भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै आयोजना गरिएको धादिङ उद्योग बाणिज्य संघले जनाएको छ । महोत्सवको मुख्य आकर्षणको रूपमा कृषि प्रर्दशनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी तथा बिक्री वितरण रहेका छन् ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा कला प्रदर्शन, स्थानीय तहमा उत्पादन हुने वस्तु तथा सेवाको प्रदर्शनी, हस्तकलाबाट निर्मित सामग्री, खनिजजन्य वस्तुको प्रर्दशनी, दुग्धजन्य पदार्थको प्रदर्शनी, जडीबुटी प्रदर्शन तथा बिक्री स्टल राखिएको छ । सौर्य दैनिकबाट