१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

धमाधम नागढुंगा सडकखण्डको स्तरोन्नति

धमाधम नागढुंगा सडकखण्डको स्तरोन्नति
अ अ+ अ-

काठमाडौं । सरकारले काठमाडौं भित्रने र बाहिरिने प्रमुख नाकाको रूपमा रहेको नागढुंगा सडक खण्डको स्तरोन्नतिको काम सुरु गरेको छ । डिभिजन सडक कार्यालय काठमाडौंले शुक्रबारदेखि कालोपत्रे थप्ने काम सुरु गरेको हो । करिब २२ सय मिटर लम्बाइमा कालोपत्रे थप्ने काम दुई सातासम्म हुनेछ । आगामी २० चैतसम्म काम सक्नेगरी ठेक्का सम्झौता भए पनि १० दिनमा कालोपत्रे थप्ने काम सम्पन्न गर्नेगरी काम भइरहेको छ । त्यस अवधिसम्म सवारी आवतजावतमा समस्या पर्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, प्रधानमन्त्रीका विकास सल्लाहकार गजेन्द्र थपलियालगायतले शनिबार त्यस क्षेत्रको अनुगमन गरेका छन् । सम्बन्धित निकायलाई जिम्मेवार र जवाफदेही बनाउन र केकस्तो काम भइरहेको छ भनेर अनुगमन गरिएको मन्त्री नेम्वाङले बताए । गत दसैंको समयमा स्वयं प्रधानमन्त्रीले यस बाटोको सन्दर्भमा निर्देशन दिनुपर्ने अवस्था आएकाले अहिले समयमा नै यस क्षेत्रमा काम थालिएको मन्त्री नेम्वाङले बताए ।

अनुगमनका क्रममा मन्त्री नेम्वाङले यातायात र यात्रु सबैलाई हेरेर ठीक ढंगले समयमा नै काम सम्पन्न गर्न निर्देशनसमेत दिए । मुख्य नाका भएको र सडक मर्मतका क्रममा केही असुविधा हुने भएपनि निर्माण समयवाधिसम्म धैर्य गरिदिन सबैसँग आग्रह गर्दै उनले जनतासँग प्रत्यक्ष जोडिएका विषयमा सरकारले जोड दिएको बताए । ‘ठूला आयोजना सम्पन्न गर्दै लैजाने र काठमाडौं उपत्यकालाई व्यवस्थित बनाउने काममा लागेको छु, साना साना प्रत्यक्ष जनता र यात्रुसँग सम्बन्धित विषय पर्दछन् तिनलाई ध्यान दिने कुराको अभियान सुरु भएको छ,’ उनले भने ।

प्रधानमन्त्रीका पूर्वाधार विज्ञ गजेन्द्र थपलियाले प्रधानमन्त्रीले पहिलो चौमासिकमा मन्त्री र सचिवलाई सम्बोधन गर्ने क्रममा खाल्टाखुल्टी पुर्ने र कालोपत्रे गर्न दिएको निर्देशनअनुसार काम भइरहेको बताए । ‘काठमाडौंले हेर्ने ९५ वटा सडक, ललितपुरले हेर्ने ३८ वटा र भक्तपुरले हेर्ने १९ वटा सडकहरूमा तालिका बनाएर खाल्टाखुल्टी पुर्ने र स्तरोन्नति तथा कालोपत्रेको काम भइरहेको छ,’ उनले भने । महानगरीय ट्राफिक प्रहरी प्रमुख भीमप्रसाद ढकालले सरकारले खाल्टाखुल्टी र कालोपत्रे पुर्ने कामलाई तीव्रता दिएको बताउँदै नागढुंगा खण्डमा ८/१० दिनसम्म सवारी आवतजावतमा सामान्य समस्या देखिने बताए ।

‘नागरिकलाई पनि सहज होस् काम पनि होस् भनेर व्यवस्थापन गरेका छौं,’ उनले भने, दिउँसो पिक आवरभन्दा बाहेकको समय काम गर्ने भन्ने छुट्याइएको छ, राति काम गर्ने प्रयास गरिए पनि कालोपत्रे गर्न तापक्रम नपुग्ने भएकाले दिउँसो नै गर्नुपर्ने बाध्यता छ ।’ उनका अनुसार १०/१२ मिनेटसम्म एकतर्फी सवारी रोक्ने र पुनः १०/१२ मिनेट अर्कोतर्फीको सवारी रोकेर अवातजावत गराउने काम भइरहेको छ । डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपालीले डिभिजनले स्तरोन्नति र मर्मतका काम गरिरहेका विभिन्न स्थानमध्ये यो सबैभन्दा कठिन स्थान भएको बताए ।

ठाडो उकालो सडक र सवारी साधनको उच्च चाप भएकाले काममा सहज नभए पनि त्यसलाई व्यवस्थापन गरेर काम भइरहेको उनले बताए । डिभिजनले चालू आवमा झन्डै ४१ किमि सडकमा कालोपत्र थप्ने काम गरिरहेकामा १० किमिमा काम भइसकेको उनले बताए । सो सडकमा काम गरिरहेको निर्माण व्यवसायी वल्र्डवाइड कन्सट्रक्सनका प्रतिनिधि रामशरण बुढाथोकीले व्यस्त सडक भए पनि सबै पक्षबाट सहयोग मिलेकाले नियमित रूपमा अघि बढिरहेको बताए । उनले १० दिनमा काम सम्पन्न गर्ने लक्ष्य राखे पनि सामान ल्याउन केही समस्या भएकाले १२/१३ दिनमा काम सम्पन्न गर्ने बताए । राजधानी दैनिकबाट