१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

तोकेको समयमा लाग्दैन फोन

तोकेको समयमा लाग्दैन फोन
अ अ+ अ-

काठमाडौँ । भ्वाइस सेवाका लागि नियामकले निर्धारण गरेको मापदण्ड पूरा गर्न सेवा प्रदायकहरू करिब असफल देखिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले चलायमान सवारीसाधनमा उपकरणको माध्यमबाट गरेको ‘ड्राइभ टेस्ट’ले तोकेको समयभित्र सेवा प्रदायकको फोन कल स्थापना हुन नसकेको देखाएको हो । दमक नगरपालिका र इलाम नगरपालिकामा पुसको अन्तिममा देशका प्रमुख सेवा प्रदायकहरू नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको भ्वाइस सेवा परीक्षण गरिएको थियो ।

प्राधिकरणले पाँच सेकेन्ड अथवा सोभन्दा कम समयभित्र फोनकल स्थापना हुनुपर्ने मापदण्ड तोके पनि दमकमा नेपाल टेलिकमको ९.३६ सेकेन्ड, एनसेलको ६.४५ र स्मार्ट टेलिकमको ८.०२ सेकेन्डमा मात्रै कल स्थापना भएको छ । इलाममा नेपाल टेलिकमको ९.५७ र एनसेलको ७.५८ सेकेन्डमा कल स्थापना भएको पाइएको छ । फोन गर्ने व्यक्तिले फोन गरेको समय र प्राप्त गर्नेकोमा सूचना प्राप्त हुने समयबीचको अवधिलाई फोनकल स्थापना हुन लाग्ने समयका रूपमा गणना गरिन्छ । फोनकल स्थापना हुने दर ९९ प्रतिशत हुनुपर्नेमा परीक्षणमा नेपाल टेलिकमको ९७ प्रतिशत, एनसेलको ९६.९७ प्रतिशत र स्मार्ट टेलिकमको ९४ प्रतिशत मात्र दर मापन भएको छ।

यस्तो दर इलाममा नेपाल टेलिकमको ९८.९४ प्रतिशत र एनसेलको ८१.२५ प्रतिशत रहेको छ ।
आफैँ फोन कल विच्छेद हुने दर दुई प्रतिशतभन्दा कम हुनुपर्ने मापदण्ड रहेकोमा दमकमा नेपाल टेलिकमको १.०३ प्रतिशत छ । त्यस्तै, इलाममा १.०८ प्रतिशत रहेको छ । यो परीक्षणमा नेपाल टेलिकम सफल भएको छ । त्यस्तै, दमकमा एनसेलको २.०८ र स्मार्ट टेलिकमको २.१३ प्रतिशत फोन विच्छेद हुने दर पाइएको छ । इलाममा एनसेलको यस्तो दर ८.९७ प्रतिशत रहेको छ ।

परीक्षण अवधिभर दमकमा नेपाल टेलिकमबाट एक सय, एनसेलबाट ९९ र स्मार्ट टेलिकमबाट एक सय पटक फोन कल प्रयास गरिएको थियो । त्यस्तै, इलाममा नेपाल टेलिकमबाट ९४, एनसेलबाट ९६ पटक कल प्रयास गरिएको थियो । फोन सेवा प्रदायकको आफ्नै नेटवर्कभित्र मात्र गरिएको प्राधिकरणले जनाएको छ । गोरखापत्र दैनिकबाट