२२ असार २०८३, सोमबार
,
Latest
सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियोः अर्जुननरसिंह केसी कोशी प्रदेशसभाः विषयगत मन्त्रीले दिनुभयो जवाफ सरकार उत्तरदायित्वबाट पन्छियो, सय दिनको उपलब्धि शुन्यः सांसद थेबे प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल मल वितरणमा सरकारी संयन्त्र चुस्तः १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमिक्रोन र डेल्टा भेरियन्टको सुनामी ल्याउने छ– विश्व स्वास्थ्य सङ्गठन



अ+ अ-

पेरिस । डेल्टा र ओमिक्रोन भेरियन्टको मिश्रणले कोभिड घटनाको एउटा डरलाग्दो सुनामी ल्याउन लागिरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले बताउनु भएको छ । 

युरोप र अमेरिकामा बढ्दो मात्रामा कोभिडका नयाँ सङ्क्रमित देखापरिरहँदा डा टेड्रोस एड्हानोम गेहब्रेयससको त्यस्तो भनाइ आएको छ । डा टेड्रोसले दुईवटा भेरियन्टको चुनौतीले समग्र घटनाको चाप बढाएको भन्दै चेतावनी  दिनुभएको छ ।

कोभिडको सुनामीले स्वास्थ्य सेवा प्रणालीलाई धम्की दिने खतरा छ, ओमिक्रोन भेरियन्टले गरेको रेकर्ड वृद्धिले विश्वभर नयाँ वर्षको उत्सवलाई फेरि एकपटक धमिलो पारेको डब्ल्यूएचओले बुधबार जनाएको छ ।

अध्ययनले कैयौँ देशमा निकै छिटो मुख्य भेरियन्ट बनेको ओमिक्रोन डेल्टाभन्दा मध्यम रहेको तर निकै धेरै सङ्क्रामक रहेको बताएको छ । फ्रान्सका स्वास्थ्यमन्त्रीले ओमिक्रोनलाई लहर मात्र भनेर नपुग्ने बरु ‘आँधीजस्तो लहर’ भन्नुपर्ने बताउनुभएको छ ।  

विश्वभरका लाखौँ व्यक्तिले फेरि महामारीबीच नै नयाँ वर्षलाई स्वागत गर्नेछन् । यस महामारीको कारण  अहिलेसम्म ५४ लाखभन्दा बढी मानिसको ज्यान लिइसकेको छ । कैयौँ देशमा चाडपर्व ओझेलमा पर्नुको साथै रद्द गरिएको छ ।

ग्रीसले बुधबार बार र रेस्टुरेन्टमा नयाँ वर्षको पूर्वसन्ध्या पार्टी सीमित गर्नको लागि संगीत प्रतिबन्धित गरेको छ । सार्वजनिक कार्यक्रम पहिले नै रद्द गरिसकेका छन् ।

मेक्सिकोमा कोरोनाका सङ्क्रमण बढ्दै गएपछि राजधानीका मेयरले नयाँ वर्षको पूर्वसन्ध्याको उत्सव रद्द गर्नुभएको छ । (रासस/एएफपी)