१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी

कमल थापालाई स्वागत गर्दै लिङदेनले भने– विगतलाई नराम्रो सपना सोचेर बिर्सिएर जाऔँ

कमल थापालाई स्वागत गर्दै लिङदेनले भने– विगतलाई नराम्रो सपना सोचेर बिर्सिएर जाऔँ
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पछिल्लो समय पार्टीको एजेण्डाको लोकप्रियता र स्वीकार्यता बढ्दै गएको दाबी गर्नुभएको छ ।

बुधवार काठमाडौंमा आयाजित राप्रपा र राप्रपा नेपालबीचको एकता सभालाई सम्बोधन गर्दै सो दाबी गर्नुभएको हो ।

उहाँले एजेण्डाजस्तै देशभर पार्टीको स्वीकार्यता बढाउनेगरी संगठित भएर अगाडि बढ्नुपर्नेमा उहाँको जोड छ । उहाँले राप्रपामा समाहित राप्रपा नेपालका अध्यक्ष कमल थापानालाई विगतका कुराहरु सम्झिएर अन्यथा नलिन आग्रह गर्दै अध्यक्षको हैसियतले सबैलाई मिलाएर लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले विगतका घटनाहरुलाई नराम्रो सपना सम्झेर बिर्सिदिन समेत आग्रह गर्नुभयो । उहाँले राप्रपाले सामना गर्नुपर्ने चुनौतीहरू थुप्रै रहेको उल्लेख गर्दै ती चुनौतीहरुको सामना गर्न विचार मिल्ने सबै व्यक्ति र समूहलाई एकतामा आउन समेत आह्वान गर्नुभयो ।

अध्यक्ष लिङदेनले भन्नुभयो,,‘पार्टी अध्यक्षको हिसावले सबैलाई मिलाएर लान्छु । तपाईहरु कसैले पनि अन्यथा मनमा राख्नु पर्दैन सबैलाई मिलाएर लैजाने जिम्मेवारी मेरो हो । हिजो हामी अलग थियौँ भन्ने कुरा बिर्सनुपर्छ । जीवनमा कहिलेकाँही आफैं मरेको सपना देखिन्छ तर तर बिहान उठ्दा केही पनि हुँदैन । त्यसकारण यसलाई पनि नराम्रो सपना मानेर बिर्सिएर जानुपर्छ । हाम्रा सामु धेरै चुनौतीहरु रहेका छन् । हामी यति मात्रै पर्याप्त छैनौँ ती चुनौतीहरुको सामना गर्नको लागि अहिले देशमा हाम्रो एजेण्डा लोकप्रिय भएको छ । हाम्रो एजेण्डाको लोकप्रियता र स्वीकार्यता पनि बढेको छ । तर त्यही ढंगले पार्टीको स्वीकार्यता पनि बढाउनुपर्नेछ । हाम्रा विचारको समर्थन गर्ने आम मानिसलाई पनि यही जोडेर ल्याउनुपर्नेछ ।’ 

उहाँले अगामी प्रतिनिधि सभा निर्वाचनमा आगामी प्रतिनिधि सभा निर्वाचनमा राप्रपालाई प्रमुख राष्ट्रवादी शक्तिका रूपमा स्थापित गर्ने दाबी पनि गर्नुभयो ।