२८ श्रावण २०८३, बिहीबार
,
Latest
सुविसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर अटो बीमा दाबीमा समस्या होइन, प्रक्रियाबारे बुझाइको कमी हो : एनएलजी इन्स्योरेन्सका सीईओ पन्त राष्ट्र बैंक निर्देशक सुवेदी : ईभीमा ८० र आईसी गाडीमा ६० प्रतिशत एलटीभी कायम आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ: अर्थमन्त्री डा.स्वर्णिम वाग्ले हुलाकमार्फत् करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा, साढे १० लाख सवारी लाइसेन्स र साढे… कृषि समितिमा सत्तारुढ दलकै सांसदले खोजे मन्त्री, समितिलाई हलुका नबनाउन सुझाव ‘एयर सेफ्टी लिस्ट’बाट हट्न सरकार प्रयत्नशीलः मन्त्री पौडेल राेल्पा पहिराेः मृत्यु हुनेकाे सङ्ख्या सात पुग्यो, पाँच अझै बेपत्ता बडीमालिका-रामारोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय खारेज गर्न माग नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी आन्दोलनपछि ‘वातावरण बनाइदिन्छौँ’ राजसंस्था पुनःस्थापनाको प्रयास गर्नुस् भन्दै शिर्ष नेताको फोन आयोः अध्यक्ष थापा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जेन–जी आन्दोलनपछि प्रमुख राजनीतिक दलका दुई शिर्ष नेताले आफूलाई फोन गरेर राजसंस्था पुनःस्थापनको प्रयास गर्न आग्रह गरेको दाबी गरेका छन् ।

बुधवार काठमाडौंमा आयोजित राप्रपा र राप्रपा नेपालबीच एकता घोषणा सभालाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

उहाँले देश संकटमा परेको भन्दै राजसंस्थालाई पुनःस्थापना गर्न प्रयास गर्न आग्रह गर्दै ती शिर्ष नेताहरुले त्यसको लागि राजनीतिक वातावरण बनाइदिने बताएको उल्लेख गर्नुभयो । उहाँले तत्कालीन समयमा आफूसँग प्रयास गर्ने हैसियत र सम्भावना पनि नभएको कारण केही गर्न नसकेको जिकिर गर्नुभयो । उहाँले राजनीतिक दलका शीर्ष नेताहरुको नाम भने खुलाउनु भएन ।

अध्यक्ष थापाले भन्नुभयो, ‘भदौ २४ गते राति ११ बजे अहिलेका राजनीतिक दलहरुमध्येको प्रमुख दलका दुई जना नेताले फोन गर्नुभयो । अहिले नाम भन्दिनँ कुनै बेला आवश्यक पर्यो भने भनौँला । र उहाँहरुले भन्नुभयो–कमलजी देश त सकिन लाग्यो । जसरी पनि जोगाउनुपर्यो । तपाईले केही प्रयास गर्न सक्नुहुन्छ भने गर्नुहोस् । राजालाई त ल्याउनैपर्यो, देश जोगाउँनै पर्यो । राजनीतिक वातावरण हामी तयार गर्छौं । त्यसबेलामा मैले खासै प्रयास गर्ने हैसियत पनि थिएन र प्रयास गर्ने सम्भवना पनि रहेन । मैले भन्न खोजेको जेन–जी आन्दोलनजस्तै भोलि यस्ता घट्नाहरु दोहोरिदैनन् भन्ने कुराको ग्यारेन्टी कसले दिन्छ ?’ 

उहाँले जेन–जी आन्दोलन राष्ट्रवादी शक्तिहरूबीचको एकताको उत्प्रेरक समेत बताउनु भयो ।