२७ भाद्र २०८३, शनिबार
,
Latest
दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’ महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुम्लाको संस्कृति झल्काउने रातो टालोको प्रिमियर सो



अ+ अ-

फागुन । हुम्ला जिल्लामा ५० वर्षअघिको अन्तरजातीय प्रेमकथामा आधारित रातो टालो नामक गीति कथाको काठमाडौंमा शुक्रबार प्रिमियर सो गरियो ।

रातो टालो प्रोडक्सनले निर्माण गरेको गीति कथामा जातीय विभेद, रहनसहन, भेषभुषा, चाडवाड, रीतिरिवाज लगायतलाई देखाइएको छ।

हुम्लाको छिप्रा, कारङ्ग, रानीवन र दोजामखोलामा छायाङकन गरिएको गीति कथा खस भाषामा तयार पारिएको छ।हुम्लाको सदरमुकाम सिमीकोटदेखि तीन दिन पैदल हिडेपछि दोजामखोला पुग्न सकिन्छ ।

डाइमण्ड उप्रेतीले निर्देशन गरेको गीति कथामा आश्मा पोखरेलले सहनिर्देशन गरेका छन् । शब्द, संगीत, कथा र गायन जगदिश हमालको रहेको छ ।

सूर्यबहादुर शाही, युविना भट्टराई, जगदिश हमाल, शोभा शाही, छिरिङ सोनाम लामा र सदीक्षा रोकायाको अभियन रहेको गीति कथाको छायाङ्कन इतिशा पोखरेल र अविनाश लामाले गरेका हुन् ।

छिप्रामा जन्मिएका जगदिश हमालले हुम्लाको वास्तविक तस्वीरलाई धेरैका माझ लैजानका लागि गीति कथा तयार पारेको र प्रिमियर सोबाट धेरै राम्रो रेस्पोन्स पाएको बताए ।