२७ भाद्र २०८३, शनिबार
,
Latest
दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’ महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत् वितरण प्रणाली स्तरोन्नति र विस्तारमा साढे १२ अर्ब ऋण



अ+ अ-

काठमाडौँ । युरोपेली लगानी बैंकले विद्युत् वितरण प्रणाली स्तरोन्नति विस्तार आयोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु १२ अर्ब ४१ करोड बराबरको ऋण सहायता उपलब्ध गराउने भएको छ ।

ऋण सहायतासम्बन्धी वित्तीय सम्झौतामा हालै अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल र युरोपेली लगानी बैंकका निर्देशक मारिया बारागन र कानूनी सल्लाहकार बोर्जा ओक्जाङ गोइटीले हस्ताक्षर गर्नुभएको छ ।

अर्थमन्त्रालयका अनुसार ऋणस्वरुप प्राप्त उक्त रकम ५ नम्बर, कर्णाली र सुदूरपश्चिम प्रदेशमा त्यहाँका जनताको बिजुलीमा पहुँच बढाउने, विद्युत् आपूर्तिको गुणस्तर एवं दक्षता अभिवृद्धि गर्ने र ऊर्जा व्यापारलाई सहजीकरण गरी विद्युत् वितरण प्रणाली स्तरोन्नति तथा विस्तार गरिनेछ । नेपाल विद्युत् प्राधिकरणले सन् २०२३ को डिसेम्बरसम्ममा उक्त आयोजना पूरा गर्ने लक्ष्य लिएको अर्थ मन्त्रालयले जनाएको छ ।