८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी जग्गामा आँखा लगाउनेलाई कुनै हालतमा पनि छोडिदैन : मन्त्री अर्याल



अ+ अ-

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सरकारी जग्गामा आँखा लगाउनेलाई कुनै हालतमा पनि नछोड्ने बताउनुभएको छ ।

काठमाण्डौ महानगरपालिका वडा नम्बर ३१ (साविकको वडा नम्बर १०) अन्तर्गतको जग्गामा सरकारी बोर्ड गाडेपछि प्रतिक्रिया दिँदै मन्त्री अर्यालले यस्तो बताउनुभएको हो । मन्त्री लर्यालले सार्वजनिक तथा सरकारी जग्गा व्यक्ति विशेषको मनाउने दुषित मनसायका आँखा लगाउने कुरा सैह्य नहुने उहाँले बताउनुभएको हो । अहिलेसम्म सरकारले देशका विभिन्न स्थानमा २ सय ६४ बिघा जमिन व्यक्तिका नामबाट सरकारको नाममा दर्ता गरिसकेको उल्लेख गर्दै अर्यालले आइतबार उपत्यकाका तीन स्थानमा अतिक्रमणमा परेको जग्गामा सरकारी बोर्ड गाडिने बताउनुभयो । डिल्लीबजार मालतपोत कार्यालय अन्तर्गत रहेका सरकारी जग्गा एकिन भएको र अन्य ४ वटा वडाहरुमा पनि प्रोफइल बनाउने काम सरकारले सम्पन्न गरेको उहाँले बताउनुभयो । लामो समयसम्म स्थानीय निकाय नहुँदा दुषित मनसाय भएका व्यक्तिले फाइदा उठाएको उहाँले बताउनुभयो ।

मन्त्रालयले आइतबार काठमाडौं महानगरको वडा नम्बर ३१ मा रहेको कित्ता नम्बर ३७६, १८, ३७५, २८६, २८८ गरी कुल ५ हजार ३ सय ४७ दशमलव ५१ वर्ग किलोमिटर अतिक्रिमित जग्गामा सरकारी बोर्ड राखिएको हो । मन्त्री अर्यालले आफैले उक्त जग्गामा सरकारी बोर्ड गाड्नुभएको थियो ।