४ असार २०८३, बिहीबार
,
Latest
निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे अधिकार सम्पन्न यातायात प्राधिकरण गठन नभएसम्म सुधार सम्भव छैन ई–पासपोर्ट खरिद प्रकरण: अनुसन्धानको लागि पूर्व परराष्ट्रमन्त्री आरजुलाई पत्र संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्राथमिकता ? राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने पीरतीले मलाई सांसद र मन्त्री बनायो: महावीर पुन ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज पक्की पुल बनेपछि बर्सातमा सडक बन्द हुने समस्या हट्यो ईभी प्रकरणको निष्पक्ष छानबिन नभए आन्दोलन गर्ने एमालेको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी जग्गामा आँखा लगाउनेलाई कुनै हालतमा पनि छोडिदैन : मन्त्री अर्याल



अ+ अ-

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सरकारी जग्गामा आँखा लगाउनेलाई कुनै हालतमा पनि नछोड्ने बताउनुभएको छ ।

काठमाण्डौ महानगरपालिका वडा नम्बर ३१ (साविकको वडा नम्बर १०) अन्तर्गतको जग्गामा सरकारी बोर्ड गाडेपछि प्रतिक्रिया दिँदै मन्त्री अर्यालले यस्तो बताउनुभएको हो । मन्त्री लर्यालले सार्वजनिक तथा सरकारी जग्गा व्यक्ति विशेषको मनाउने दुषित मनसायका आँखा लगाउने कुरा सैह्य नहुने उहाँले बताउनुभएको हो । अहिलेसम्म सरकारले देशका विभिन्न स्थानमा २ सय ६४ बिघा जमिन व्यक्तिका नामबाट सरकारको नाममा दर्ता गरिसकेको उल्लेख गर्दै अर्यालले आइतबार उपत्यकाका तीन स्थानमा अतिक्रमणमा परेको जग्गामा सरकारी बोर्ड गाडिने बताउनुभयो । डिल्लीबजार मालतपोत कार्यालय अन्तर्गत रहेका सरकारी जग्गा एकिन भएको र अन्य ४ वटा वडाहरुमा पनि प्रोफइल बनाउने काम सरकारले सम्पन्न गरेको उहाँले बताउनुभयो । लामो समयसम्म स्थानीय निकाय नहुँदा दुषित मनसाय भएका व्यक्तिले फाइदा उठाएको उहाँले बताउनुभयो ।

मन्त्रालयले आइतबार काठमाडौं महानगरको वडा नम्बर ३१ मा रहेको कित्ता नम्बर ३७६, १८, ३७५, २८६, २८८ गरी कुल ५ हजार ३ सय ४७ दशमलव ५१ वर्ग किलोमिटर अतिक्रिमित जग्गामा सरकारी बोर्ड राखिएको हो । मन्त्री अर्यालले आफैले उक्त जग्गामा सरकारी बोर्ड गाड्नुभएको थियो ।