३ भाद्र २०८३, बुधबार
,
Latest
रास्वपा संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन, सरकारको कामकारबाहीबारे समीक्षा कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो बागमती सरकार गठनमा राप्रपाले दियो समर्थन गुल्मीका किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरविद्यालय टिचर्स फुटसलको उपाधि डाफोडिललाई



अ+ अ-

काठमाडौं । डाफोडिलले सातौं विद्या संस्कार अन्तरविद्यालय टिचर्स फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।

अत्तरखेलस्थित विद्या संस्कार स्कुलमा भएको फाइनलमा डाफोडिलले भ्याली भ्यु इङलिस स्कुललाई ३–० गोलले पराजित ग¥यो । डाफोडिलका छेवाङ मोक्तानले २ तथा रामेश्वर थापा मगरले १ गोल गरे । डाफोडिलका रोशनराज पन्त ‘म्यान अफ द म्याच’ घोषित भए । उपाधिसंगै डाफोडिलले २० हजार नगद पुरस्कार पायो भने भ्याली भ्युले १० हजार नगद पुरस्कारमा चित्त बुझायो ।

विद्या संस्कार खेलकुद विभागद्वारा आयोजित प्रतियोगितामा डाफोडिलका छेवाङ मोक्तान उत्कृष्ट खेलाडी, विद्या संस्कारका रुविन श्रेष्ठ उत्कृष्ट गोलरक्षक, रिब्सका मिलन गुरुङ ‘मोस्ट प्रोमिसिङ प्लेयर’ र भ्याली भ्युका इत्ची महर्जन सर्वाधिक गोलकर्ता बने । बृहस्पति विद्या सदनले अनुशासित टिमको उपाधि हात पा¥यो ।

विजेतालाई गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का अध्यक्ष मनोज ढुंगाना, समाजसेवी विमल ठकुरीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा १३ पुरुष टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।