३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ मतगणना अपडेटः उपमहासचिवमा शीर्ष तीनमा परेनन् विष्णु रिमाल १ हजार १३९ मत गन्दा ओलीको ८४३ मत, अरु कसले कति पाए (सूचीसहित) सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्छः मन्त्री चौलागाईं चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेभियर र ऋत फाइनलमा



अ+ अ-

काठमाडौं । जेभियर इन्टरनेसनल कलेज र ऋत एकेडेमी पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत गल्र्स फुटसलमा आइतबार फाइनलमा प्रवेश गरेका छन् ।

माकलबारीमा भएको सेमिफाइनलमा जेभियरले जया मल्टिपल कलेजलाई १–० गोलले पराजित गर्याे । अस्मिता बस्नेतले निर्णायक गोल गरिन् ।

अर्को सेमिफाइनलमा ऋतले ग्लेसियरलाई ३–० गोलले हरायो । प्रतीक्षा भण्डारीले २ तथा शिला पुनले १ गोल गरे । ब्वाइजमा समृद्धि र टाइम्सले यसअघि नै फाइनल भेट पक्का गरिसकेका छन् । ब्वाइज÷गल्र्स दुवैको फाइनल फागुन ६ गते हुने छ ।

यस्तै जेभियर इन्टरनेसनल कलेज पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत ब्वाइज बास्केटबलमा आइतबार फाइनलमा प्रवेश गरेको छ ।

बसुन्धरास्थित ऋत एकेडेमीमा भएको दोश्रो सेमिफाइनलमा जेभियरले साइपाल एकेडेमीलाई ३९–३७ को झीनो अन्तरले पराजित ग¥यो । जेभियरका लियुश केसीले १० अंक जोडे ।

पहिलो क्वाटरमा जेभियर ४–१४ ले पछि परेपनि बाँकीमा अग्रता बनाउदै फाइनलमा स्थान सुनिश्चित गर्न सफल भयो । अन्य क्वाटरमा जेभियरले १२–६, १३–१० र १०–७ को अग्रता लियो ।

उपाधिका लागि जेभियरले सीसीआरसी विरुद्ध प्रतिस्पर्धा गर्ने छ । गल्र्सको फाइनल साइपाल र मोर्गनबीच हुने छ । दुवै फाइनल सोमबार हुने छ ।

पाँच खेल समावेश खेलकुद सप्ताहअन्तर्गत ब्वाइज÷गल्र्सको भलिबल र टग अफ वार तथा टेबलटेनिस सम्पन्न भइसकेका छन् ।