३ भाद्र २०८३, बुधबार
,
Latest
रास्वपा संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन, सरकारको कामकारबाहीबारे समीक्षा कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो बागमती सरकार गठनमा राप्रपाले दियो समर्थन गुल्मीका किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेभियर र ऋत फाइनलमा



अ+ अ-

काठमाडौं । जेभियर इन्टरनेसनल कलेज र ऋत एकेडेमी पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत गल्र्स फुटसलमा आइतबार फाइनलमा प्रवेश गरेका छन् ।

माकलबारीमा भएको सेमिफाइनलमा जेभियरले जया मल्टिपल कलेजलाई १–० गोलले पराजित गर्याे । अस्मिता बस्नेतले निर्णायक गोल गरिन् ।

अर्को सेमिफाइनलमा ऋतले ग्लेसियरलाई ३–० गोलले हरायो । प्रतीक्षा भण्डारीले २ तथा शिला पुनले १ गोल गरे । ब्वाइजमा समृद्धि र टाइम्सले यसअघि नै फाइनल भेट पक्का गरिसकेका छन् । ब्वाइज÷गल्र्स दुवैको फाइनल फागुन ६ गते हुने छ ।

यस्तै जेभियर इन्टरनेसनल कलेज पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत ब्वाइज बास्केटबलमा आइतबार फाइनलमा प्रवेश गरेको छ ।

बसुन्धरास्थित ऋत एकेडेमीमा भएको दोश्रो सेमिफाइनलमा जेभियरले साइपाल एकेडेमीलाई ३९–३७ को झीनो अन्तरले पराजित ग¥यो । जेभियरका लियुश केसीले १० अंक जोडे ।

पहिलो क्वाटरमा जेभियर ४–१४ ले पछि परेपनि बाँकीमा अग्रता बनाउदै फाइनलमा स्थान सुनिश्चित गर्न सफल भयो । अन्य क्वाटरमा जेभियरले १२–६, १३–१० र १०–७ को अग्रता लियो ।

उपाधिका लागि जेभियरले सीसीआरसी विरुद्ध प्रतिस्पर्धा गर्ने छ । गल्र्सको फाइनल साइपाल र मोर्गनबीच हुने छ । दुवै फाइनल सोमबार हुने छ ।

पाँच खेल समावेश खेलकुद सप्ताहअन्तर्गत ब्वाइज÷गल्र्सको भलिबल र टग अफ वार तथा टेबलटेनिस सम्पन्न भइसकेका छन् ।