२२ असार २०८३, सोमबार
,
Latest
सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियोः अर्जुननरसिंह केसी कोशी प्रदेशसभाः विषयगत मन्त्रीले दिनुभयो जवाफ सरकार उत्तरदायित्वबाट पन्छियो, सय दिनको उपलब्धि शुन्यः सांसद थेबे प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल मल वितरणमा सरकारी संयन्त्र चुस्तः १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व आकाशमा मडारिएको बादलभित्र सन् २०२२



अ+ अ-

नउरिल रोउबिनी

न्यूयोर्क – कोभिड–१९ का नयाँ संस्करणहरूबाट सिर्जित गहिराई र अवरोधहरूका बावजुद सन् २०२१ मा विश्वका अधिकांश भागहरूमा अर्थतन्त्र र बजारहरूको लागि अपेक्षाकृत सकारात्मक वर्ष सावित भयो । अघिल्लो वर्ष सन् २०२० को गम्भीर मन्दी पछि आर्थिक वृद्धि अनपेक्षित रुपमा बढेर गयो, र वित्तीय बजार सुदृढ बन्यो । यो विशेष गरी संयुक्तराज्य अमेरिकामा देखियो, जहाँ पूँजी बजारले नयाँ उचाइ हासिल गरेको थियो । अमेरिकी फेडरल रिजर्भ (केन्द्रीय बैंक) ले आफ्नो मौद्रिक नीतिमा व्यापक लचकता (यद्यपि अन्य विकसित अर्थतन्त्र भएका मुलुकहरूका केन्द्रीय बैंकहरूले आफ्नै मौलिक अनुकूल नीतिहरू अपनाए) यसका लागि प्रमुख रुपमा जिम्मेवार थियो ।

तर सन् २०२२ अझ गाह्रो हुन सक्छ । महामारी सकिएको छैन । ओमिक्रोन अघिल्ला भेरियन्टहरू जत्तिकै संक्रामक नहुन सक्छ – विशेष गरी व्यापक रुपमा खोप लगाइएको विकसित अर्थतन्त्रहरूमा – तर यो धेरै नै संक्रामक छ । यसबाट बिरामीहरुको अस्पताल भर्ना र मृत्युको जोखिम उच्च रहने निश्चितै छ । परिणामस्वरूप अनिश्चितता र जोखिमबाट बच्न कठिन हुनेछ भने आपूर्ति–शृंखलामा बाधा उत्पन्न हुनेछ ।

अतिरिक्त बचत, सेवा र वस्तुको बढ्दो माग, तथा मौद्रिक र वित्तीय नीतिहरूको खुकुलोपनासँगै उत्पन्न विविध अवरोधहरूले सन् २०२१ मा मुद्रास्फीतिलाई बढावा दिएको थियो ।

मुद्रास्फीतिको वृद्धि अस्थायी हो भनेर जोड दिइआएका धेरै केन्द्रीय बैंकरहरूले अब यो जारी रहने कुरा स्वीकार गरेका छन् । आपतकालीन स्थितिलाई विचार गरी उनीहरूले मात्रात्मक सहजता जस्ता अपरम्परागत मौद्रिक नीतिहरूलाई चरणबद्ध रुपमा हटाउने योजना बनाइरहेका छन् । यसबाट उनीहरुले ब्याजदरलाई सामान्यीकरण गर्न सक्नेछन् ।  

यदि नीति–दर वृद्धिले ऋणपत्र, कर्जा र स्टक बजारमा धक्का निम्त्याएको अवस्थामा केन्द्रीय बैंकहरूको परीक्षण हुनेछ । निजी र सार्वजनिक ऋणको यति ठूलो संरचना खडा हुँदै गए बजारले उच्च ऋण लागत आत्मसात गर्न सक्षम नहुन सक्छ । यदि कुनै किसिमको गतिरोध उत्पन्न भएको अवस्थामा केन्द्रीय बैंकहरूले आफूलाई ऋणको पासोमा परेको थाहा पाउनेछन् र सम्भवतः उनीहरुले नीतिहरु उल्ट्याउने छन् । मुद्रास्फितीको चक्रका कारण त्यो आफैंमा एउटा महारोग बन्नेछ ।

अर्को वर्षले बढ्दो भूराजनीतिक र प्रणालीगत जोखिमहरू पनि ल्याउने छ । भूराजनीतिका क्षेत्रमा तीन प्रमुख खतराहरू छन् ।

पहिलो, रुसले युक्रेनमा आक्रमण गर्ने तयारी गरिरहेको छ, र नयाँ क्षेत्रीय सुरक्षा व्यवस्थामा वार्ताहरुले खतराको वृद्धिलाई रोक्न सक्छ कि सक्दैन भनेर हेर्न बाँकी छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप सैन्य सहायता दिने र रुसमाथि कडा प्रतिबन्ध लगाउने धम्की दिए पनि युक्रेनलाई आक्रमणबाट बचाउन अमेरिकाले प्रत्यक्ष हस्तक्षेप नगर्ने स्पष्ट पारेका छन् । विचारणीय पक्ष के भने रुसी अर्थतन्त्र पश्चिमा देशहरुले लगाएका प्रतिबन्धहरुलाई थेग्न थालेको आभाष भएको छ । त्यसैले प्रतिबन्धका धम्कीहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई निरुत्साहित गर्न सक्दैनन् । आखिर, केही पश्चिमी प्रतिबन्धहरू – जस्तै नर्ड स्ट्रिम २ ग्यास पाइपलाइन अवरुद्ध गर्ने कदमले – युरोपको आफ्नै ऊर्जा अभावलाई बढाउन सक्छ ।

दोस्रो, चीन–अमेरिकी शीतयुद्ध अझ गहिराईमा पुग्दैछ । चीनले ताइवान र दक्षिण चीन सागर (जहाँ धेरै क्षेत्रीय विवादहरू चलिरहेको छ) मा आफ्नो सैन्य दबाब बढाउँदै छ, तथा चिनियाँ र अमेरिकी अर्थतन्त्रहरू बीचको परम्परागत सम्बन्धमा दरार उत्पन्न भइरहेको छ । यस प्रक्रियाले आउँदा दिनहरुमा मुद्रास्फीतिजनित मन्दी ल्याउने छ ।

तेस्रो, इरान अहिले एक परमाणु उन्मुख राष्ट्र हो । इरानले युरेनियम प्रशोधन गरी हतियार निर्माणको सम्मुखमा पुगेको छ । नयाँ वा नवीकरण गरिएको आणविक सम्झौताको वार्ता गतिहीन अवस्थामा छ । फलस्वरूप, इजरायलले खुला रूपमा इरानी आणविक केन्द्रहरूमाथि हमला गर्ने चेतावनी दिइरहेको छ । यदि त्यसो भयो भने, मुद्रास्फीतिजनित मन्दीका परिणामहरू सन् १९७३ र १९७९ को तेल–सम्बन्धित भू–राजनीतिक झटका भन्दा खराब हुन सक्छ ।

नयाँ वर्षले धेरै प्रणालीगत चिन्ताहरू पनि ल्याउने छ । सन् २०२१ मा, गर्मीको लहर, आगलागी, खडेरी, आँधी, बाढी, सामुद्रिक तूफान र अन्य प्रकोपहरूले जलवायु परिवर्तनको वास्तविक–विश्व प्रभावहरू देखायो । स्कटल्यान्डको ग्लास्गोमा सम्पन्न कोप२६ जलवायु शिखर सम्मेलनमा प्रायः बेमतलबका वार्ताहरु भए, जसले विश्वलाई यस शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापमान ३ डिग्री सेल्सियस वृद्धितर्फ डोर्याउन नै सहयोग गरेको थियो । खडेरीका कारण खाद्यान्नको मूल्य आकाशिएको छ । र जलवायु परिवर्तनका असरहरू अझ खराब हुँदै जानेछन् ।

अर्थतन्त्रलाई कार्बनमुक्त गर्ने आक्रामक योजनाका लागि लगानी गर्नुपर्नेमा त्यसो हुन सकेको छैन, र नवीकरणीय ऊर्जाको पर्याप्त आपूर्ति गर्नेतर्फ ठोस काम हुने सम्भावना कम छ । यसबाट समयक्रममा ऊर्जाको मूल्य तिब्र रुपमा बढ्ने छ । यसबाहेक, जलवायुका कारण शरणार्थी हुन बाध्य मानिसहरू अमेरिका, युरोप, र अन्य विकसित अर्थतन्त्रहरू भएका मुलुकतर्फ पलायन हुँदैछन्, तर ती देशहरूले आफ्नो सिमाना बन्द गरिरहेका छन् ।

यस पृष्ठभूमिमा, दुवै विकसित अर्थतन्त्र र उदीयमान बजारहरूमा राजनीतिक गतिहीनता बढ्दै गएको छ । अमेरिकी मध्यावधि चुनावको परिणामले संवैधानिक संकटलाई पटाक्षेप गर्दैछ जसले आगामी सन् २०२४ मा हुने राष्ट्रपतिको चुनावलाई दिशानिर्देश गर्नेछ । अमेरिकाभित्र पछिल्ला वर्षहरुमा पन्पिएको पक्षपातपूर्ण ध्रुवीकरण र कट्टरपन्थको अभूतपूर्व उदय भएको अनुभव गरिएको छ जसले गम्भीर प्रणालीगत जोखिम निम्त्याउने छ ।

पपुलिष्ट पार्टीहरू (अति दक्षिणपन्थी र अति अनुदारवादी) विश्वभर बलियो हुँदै गइरहेका छन् । ल्याटिन अमेरिका जस्ता क्षेत्रहरूमा पनि योक्रम जारी छ जहाँ लोकवादको इतिहास दुरुह छ । पेरु र चिली दुबैले सन् २०२१ मा कट्टरपन्थी वामपन्थी नेताहरू निर्वाचित गरेको छ, ब्राजिल र कोलम्बियामा पनि सन् २०२२ मा त्यही स्थिति देखा पर्दैछ भने अर्जेन्टिना र भेनेजुएला आर्थिक बर्बादीतर्फ उन्मूख छन् । अमेरिकी केन्द्रीय बैंक र अन्य प्रमुख केन्द्रीय बैंकहरूले ब्याजदरमा गरेका सामान्यीकरणले यी र टर्की एवं लेबनान जस्ता अन्य कमजोर उदीयमान बजारहरूमा वित्तीय झट्का निम्त्याउन सक्छ । ऋण अनुपात पहिल्यै अस्थिर भएका धेरै विकासशील देशहरूको अवस्था त उल्लेख गर्नै आवश्यक छैन ।

सन् २०२१ हामीबाट बिदा हुँदै गर्दा, विश्वका कतिपय वित्तीय बजारहरूका चालढाल बेकामे झैं लाग्छन् । सार्वजनिक र निजी इक्विटी दुवै महँगा छन्; अमेरिका र अन्य धेरै अर्थतन्त्रहरूमा घरजग्गाको मूल्य (घर र भाडा दुवै) उच्च छ; र अझै पनि मिमि स्टक, क्रिप्टो सम्पत्ति, र स्पाक्स (विशेष उद्देश्यका अधिग्रहण कम्पनीहरू) वरिपरि मानिसहरु झुम्मिएका छन् । सरकारी ऋणपत्रबाट हुने आर्जन ज्यादै न्यून छ, र ऋण लगानीको अनुपात संकुचित छ । केन्द्रीय बैंकहरूको प्रत्यक्ष र अप्रत्यक्ष समर्थनका कारण पनि यस्तो अवस्था सिर्जना भएको हो ।

केन्द्रीय बैंकहरू अपरम्परागत नीतिबाट सञ्चालित रहँदासम्म कामकारबाही यथावत चलिरहन सक्छन् । तर नीति सामान्यीकरण सुरु हुँदाको अवस्थामा सन् २०२२ मा सम्पत्ति र ऋण दुबैले आत्मविश्वास गुमाउन सक्नेछ । यसबाहेक, मुद्रास्फीति, सुस्त वृद्धि, र भूराजनीतिक तथा प्रणालीगत जोखिमहरूले सन् २०२२ मा बजारमा सुधारको परिस्थिति निर्माण गर्न सक्दछ । जे भए पनि, लगानीकर्ताहरू वर्षको अधिकांश समय किनारामै रहने सम्भावना छ ।

(साभारः प्रोजेक्ट सिन्डीकेट, अनुवादः न्यूजपोलार टिम)

– नउरिल रोउबिनी न्यूयोर्क विश्वविद्यालयको अर्थशास्त्र विभागका प्राध्यापक हुनुहुन्छ ।