९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको औद्योगिक उत्पादनमा उल्लेखनीय वृद्धि



अ+ अ-

नयाँ दिल्ली। भारतको औद्योगिक उत्पादन सूचकाङ्क (आईआईपी) अनुसार नोभेम्बर महिनामा देशको औद्योगिक उत्पादन ६.७ प्रतिशतले वृद्धि भएको छ । सम्बन्धित सरकारी तथ्याङ्कले सोमबार यो जानकारी सार्वजनिक गरेको हो ।

सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले जारी गरेको विवरणअनुसार, नोभेम्बरको औद्योगिक उत्पादन वृद्धि दर अघिल्लो महिना अक्टोबरको प्रारम्भिक अनुमानित ०.४ प्रतिशतको तुलनामा उल्लेखनीय रूपमा बढेको हो ।

मन्त्रालयका अनुसार औद्योगिक उत्पादनमा आएको वृद्धिमा उत्पादन (म्यानुफ्याक्चरिङ) क्षेत्रको ८ प्रतिशत वृद्धिले मुख्य योगदान दिएको छ ।

क्षेत्रगत रूपमा हेर्दा, नोभेम्बर महिनामा खानी क्षेत्र ५.४ प्रतिशतले वृद्धि भएको छ भने उत्पादन क्षेत्र ८ प्रतिशतले बढेको छ । यस्तै, विद्युत् उत्पादन क्षेत्र भने १.५ प्रतिशतले घटेको मन्त्रालयले जनाएको छ ।  (रासस/सिन्ह्वा)