२८ भाद्र २०८३, आईतवार
,
Latest
भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

महराको सुनुवाई सकियो, फैसला भोलि हुने



अ+ अ-

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा विरुद्धको मुद्दाको अन्तिम सुनुवाई सकिएपनि सोमबार मात्रै फैसला सुनाइने भएको छ ।

महरामाथि बलात्कार उद्योग कसूर सम्बन्धी लागेको मुद्दामामाथि काठमाडौं जिल्ला अदालतमा आइतबार अन्तिम बहस सकिएको हो । तर समय अभावका कारण फैसला सुनाउने काम भने सोमबारका लागि सारिएको छ । आइतबार जिल्ला न्यायाधीश बम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाई सम्पन्न भएको हो ।

महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दिनमणी पोखरेल, भीमार्जुन आचार्य लगायत वकिलहरु र सरकारी पक्षबाट उमाकान्त खनाल लगायतका वकिलरुले बहस गर्नुभएको थियो । संघीय संसदको सचिवालयमा कार्यरत कर्मचारीमाथि बलात्कार प्रयास गरेको अभियोगमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो । महरा गत कात्तिक १८ देखि पुर्पक्षका लागि थुनामा हुनुहुन्छ ।