५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार

नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार
अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदनप्रसाद परियारले नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना रहेको बताउनुभएको छ ।

प्रथम च्याउ दिवसको अवसरमा मंगलवार आयोजित कार्यक्रममा उहाँले उपभोक्तामा च्याउको माग निरन्तर वृद्धि हुँदै गएकोले च्याउ खेतीको सम्भावना रहेको बताउनुभएको हो ।

न्युन आयस्रोत भएका किसानका लागि च्याउ खेती जीविकोपार्जनको उपयुक्त माध्यम भएको उहाँले बताउनु भयो । आधुनिक उच्च प्रविधि प्रयोग गरी औद्योगिक रूपमा व्यवसायिक च्याउ उत्पादन गर्नसके यसले रोजगारी सिर्जना समेत गर्नसक्ने उहाँको भनाई छ । उहाँकाअनुसार हाल नेपालमा वार्षिक १५ हजार मेट्रिक टनभन्दा बढी ताजा च्याउ उत्पादन हुने गरेको छ । तर च्याउको माग भने करिब ७२ हजार मेट्रिक टन रहेको उहाँले बताउनु भयो । च्याउ ७१ भन्दा बढी जिल्लामा उत्पादन भएपनि ४७ जिल्लामा मात्रै व्यवसायिक रूपमा उत्पादन भइरहेको उहाँले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०८१/८२ मा ताजा वा चिस्यान गरिएको गोव्रे च्याउ ६ लाख ७१ हजार रुपैयाँ बराबरको २ हजार २ सय ६२ केजी आयात भएको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार १ करोड १ लाख रुपैयाँ बराबरको १७ हजार १ सय ९८ केजी च्याउ निर्यात भएको छ । पछिल्लो समय अन्य प्रजातिका च्याउ पनि निर्यात हुन थालेको उहाँले बताउनु भयो । उहाँले च्याउमा मानव शरीरलाई आवश्यक १२ प्रकारका एमिनो एसिडमध्ये ९ प्रकारका एमिनो एसिड पाईने बताउनु भयो । प्रोटिन, कार्बोहाइड्रेट, चिल्लो पदार्थ र भिटामिनजस्ता पौष्टिक तत्व पनि च्याउमा पाइने उहाँको भनाई छ । तर नेपालमा च्याउ खेती अझै विस्तार गर्न नसकिएको उहाँले बताउनु भयो । रैथाने च्याउ तथा नयाँ प्रजातिको अध्ययन–अनुसन्धान, खेती प्रविधि विकास र दक्ष जनशक्तिको उपलब्धता नेपालमा पर्याप्त हुन नसकेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘नेपालमा हाल वार्षिक १५ हजार मेट्रिकटन भन्दा बढी ताजा च्याउको उत्पादन हुने गरेको र माग ७२ हजार मेट्रिक टन रहेको अनुमान छ । च्याउ ७१ भन्दा बढी जिल्लामा उत्पादन हुने गरेको भएतापनि ४७ जिल्लाहरुमा व्यवसायिक रुपमा उत्पादन र करिव ३५ हजार किसानहरु प्रत्यक्ष संलग्न रहेका छन् । देशभरमा च्याउको बीउ उत्पादन गर्ने प्रयोगशालाको संख्या ६७ रहेको छ भने कुल गार्हस्थ्य कृषि गार्हस्थ्य उत्पादनमा च्याउ क्षेत्रको योगदान ०.१५ प्रतिशत गरेको छ । मानव शरिरलाई आवश्यक पर्ने १२ प्रकारका अमिनु एसिडहरुमध्ये ९ प्रकारका अमिनु एसिडहरुको साथै प्रोटिन, कार्वोहाईडेड, चिल्लो पदार्थ, भिटामिन जस्ता पौष्टिक तत्वहरु च्याउमा पाइन्छ ।’

‘साकाहारीका लागि समेत स्वीकार्य भएको च्याउ पौष्टिक तत्वको हिसावले मासु र तरकारीको बीचमा पर्दछ । न्युन आयस्रोत भएका कृषकहरुलाई च्याउ खेती जीविकोपार्जनको लागि राम्रो खेती मानिन्छ भने आधुनिक उच्च प्रविधि समेत प्रयोग गरी औद्योगिक रुपमा व्यवसायिक उत्पादन गरी रोजगारीको समेत सिर्जना गर्न सकिन्छ । नेपालमा उपभोक्ताहरुमा च्याउ सेवनको महत्वको ज्ञान वृद्धिसँगै च्याउको माग बढ्दै गएकोले नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना रहेको छ । नेपालको रैथाने च्याउहरुको साथै नयाँ प्रजातीहरुको अध्ययन अनुसन्धान गरि खेती प्रविधिको विकास र दक्ष जनशक्तिको उपलब्धता प्रयाप्त हुन सकेको छैन । वर्तमान अवस्थामा च्याउ तथा च्याउको बीउ उत्पादनको सहजिकरण, प्रवद्र्धन तथा गुणस्तरको नियमन गर्नु अपरिहार्य भएको छ । आर्थिक वर्ष २०८१÷८२ मा ताजा वा चिस्यान गरिएको गोव्रे च्याउ ६ लाख ७१ हजार रुपैयाँ बराबरको २२६२ केजी च्याउ आयात तथा १ करोड १ लाख रुपैयाँ बराबरको १७ हजार एक सय ९८ केजी निर्यात भएको छ भने पछिल्लो समय अन्य प्रकारका च्याउ निर्यात हुन थालेको अवस्था छ ।’ 

उहाँले हाल राष्ट्रिय बाली रोग अनुसन्धान केन्द्रबाट च्याउ प्रविधि प्रचार, मूल्य श्रृङ्खला विकास, अनुसन्धान र बीउ उत्पादनको काम हुँदै आएको बताउनु भयो । उहाँकाअनुसार गत वर्षदेखि काभ्रेको कोपासीस्थित रेशम विकास केन्द्रमा च्याउको राष्ट्रिय स्रोत केन्द्र विकास गर्ने कार्यक्रम शुरु गरिएको छ । यसवर्ष च्याउको गुणस्तर नियमन, बीउ उत्पादन परीक्षणलगायत कार्यका लागि आधुनिक प्रयोगशाला निर्माण सम्पन्न हुने उहाँले जानकारी दिनुभयो । प्रथम च्याउ दिवसको अवसरमा च्याउ मेला तथा परिकार महोत्सव गरिएको छ भने उत्कृष्ट च्याउ किसानलाई सम्मान समेत गरिएको छ । गत पुस ११ गतेको मन्त्रिपरिषद् बैठकले पुस १५ लाई राष्ट्रिय च्याउ दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । हाल नेपालमा गोव्रे, खन्ने, पराले, सिताके, वेस्टन, रातो, दुधे च्याउलगायत विभिन्न जातका च्याउ व्यवसायिक रूपमा उत्पादन हुँदै आएका छन् ।