१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

पशुपति क्षेत्रका २३ जात्राको फोटो प्रदर्शनी

पशुपति क्षेत्रका २३ जात्राको फोटो प्रदर्शनी
अ अ+ अ-

काठमाडौं । महाशिवरात्रिको अवसर पारेर पशुपति क्षेत्रमा वर्षभर मनाइने पर्व एवं जात्राका तस्बिर प्रदर्शनीको सुरुआत गरिएको छ । नवरस स्काउट ट्रप र एच डब्ल्यु स्काउट क्र्युको संयुक्त आयोजनामा आज भुवनेश्वरीस्थित नासलचोकमा वर्षभरका २३ पर्व एवं जात्राका ८० तस्बिर प्रदर्शनी गरिएको हो । तस्बिर प्रदर्शनीको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा र कोष सञ्चालक परिषद् सदस्य आशा पाण्डेले संयुक्त रूपमा शुभारम्भ गरे ।

प्रदर्शनीमा राखिएका तस्बिर पशुपति क्षेत्रमा स्थापना गरिने संग्रहालयमा पनि राखिने कार्यकारी निर्देशक खतिवडाको प्रतिबद्धता थियो । सञ्चालक सदस्य पाण्डेले भावी पुस्तालाई सांस्कृतिक परम्पराको जानकारी दिन तस्बिर प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने विचार राखे । प्रदर्शनीमा राखिएका तस्बिर फोटोग्राफर हरिहरमान भण्डारी लगायतले खिच्नुभएको हो । प्रत्येक हप्ताको शनिबार नासलचोकमा यी तस्बिर प्रदर्शनी गरिने जानकारी पनि कार्यक्रममा दिइएको थियो ।

वनकाली जात्रा, अक्षय तृतीया पर्व, दशहरा, त्रिशूल र गंगामाई जात्रा, जनै पूर्णिमा, गाई जात्रा, रोपाइँ जात्रा, खड्ग जात्रा, श्रीकृष्णाष्टमी जात्रा, दशैँ उत्सव, बालाचतुर्दशी, चन्द्रविनायक जात्रा, नवदुर्गा नाच, गुह्येश्वरी जात्रा, माधवनारायण जात्रा, महाशिवरात्रि पर्व, दुदु च्याँ च्याँ जात्रा, घोडे जात्रा, बज्रेश्वरी जात्रा, वत्सलेश्वरीलगायत जात्राको तस्बिर प्रदर्शनी गरिएको थियो । यसैगरी २०६६ देखि रोकिएको महादेव पार्वती नाच ९नागचा प्याखँ० को तस्बिर पनि प्रदर्शन गरिएको थियो ।

सोह्र श्राद्धको प्रतिपदा, द्वितीया र तृतीयाका दिने देखाइने यो नाच स्रोत अभाव भएकैले रोकिएको छ । १११ वर्षीय बाबा पशुपतिमा महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा साधुसन्त आउने क्रम पनि बढेको छ । यसका लागि १११ वर्षीय डा. त्यागीनाथ अघोरी ९नेपाली बाबा० आई भष्मेश्वर घाटमा साधनामा रहेको कोषका तर्फबाट साधुसन्तको व्यवस्थापनमा खटिएका कर्मचारी वरुण खतिवडाले जानकारी दिए ।

यसैगरी नागा, गोरखनाथ, वैष्णव, शैव, नानकलगायत सम्प्रदायका बाबाको आगमन पनि पशुपति क्षेत्रमा भइसकेको छ । पशुपति क्षेत्रमा हालसम्म करीब दुई हजार साधु आइसकेका कोषले जनाएको छ । महाशिवरात्रिका अवसरमा पशुपतिमा आउने साधुसन्तलाई कोष र गुठी संस्थानले फागुन कृष्ण एकादशीदेखि औँसीसम्म पाँच दिन खाने, बस्ने, धुनी बाल्नेलगायत सेवा उपलब्ध गराउने प्राचीनकालदेखिको परम्परा छ । औँसीपछि साधुसन्तलाई दान दक्षिणसहित बिदाइ गरिन्छ । सौर्य दैनिकबाट