१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

अब गोलीगठ्ठा नेपालमै उत्पादन गर्ने तयारी

अब गोलीगठ्ठा नेपालमै उत्पादन गर्ने तयारी
अ अ+ अ-

काठमाडौं । नेपाली सेनाले १० हजार बुलेट नमुना परीक्षण गर्न दक्षिण कोरिया पठाउने भएको छ। सेनाले नेपालमै गोली उत्पादन गर्न ‘एम्यूनिसन प्लान्ट’ खरिद गर्दै छ। उपयुक्त मेसिन अर्डरका लागि बुलेटको नमुना पठाउन लागेको हो। ५ दशमलव ५६ मिलिमिटर क्यालिबरको बुलेट ज्याकेट कप परीक्षण गर्न कोरियामा पठाउन लागिएको हो। २०७३ साउन ७ मा मन्त्रिपरिषद्ले नयाँ एम्युनिसन उत्पादन प्लान्ट, डेटोनेटर प्लान्टलगायत स्थानान्तरण र स्थापना गर्न १४ अर्ब ७५ करोड रुपैयाँको सहमति दिएको थियो।

गत वर्ष मंसिरमा अर्थ मन्त्रालयले सेनालाई ७.६२ एमएमको एम्यूनिसन प्लान्ट स्थापना गर्न दुई अर्ब ४५ करोड रुपैयाँ निकासा दिएको थियो। सेनाले १० हजार गोलीगठ्ठाको परीक्षण सफल देखिएमा स्वदेशमै गोलीगठ्ठाको उत्पाद नहुने बताएको छ। उक्त गोलीगठ्ठा परीक्षणपछि सोही आधारमा मेसिन आपूर्ति हुनेछ। यो प्लान्ट सेनाले कोरियाली कम्पनी पुङसान कर्पोरेसनमार्फत खरिद गर्न लागेको हो। सन् २०१८को जुन ३ मा भएको सम्झौताअनुसार गोलीको नमुना परीक्षणको खर्च उत्पादक कम्पनी आफैले बेहोर्नेछ।

गत जनवरी २३ मा कम्पनीले परीक्षणको खर्च आफैले बेहोर्ने जानकारी गराइसकेको छ। नमुना परीक्षणपछि गोलीगठ्ठा पुनःप्रयोगमा ल्याउन नमिल्ने सेनाले जानकारी दिएको छ। सेनाले सुन्दरीजल आर्सनल कार्यालयमा प्रयोग भइरहेको ५.५६ एमएम बुलेटको नमुना पठाउनेछ।बुलेटका नमुना उत्पादक कम्पनीमै पठाइ सोही नमुनाअनुसार मेसिन तयार गरिनेछ। नेपाली सेनाले गोलीगठ्ठा भन्सार महसुल र मूल्य अभिवृद्धिर छुटमा कोरिया पठाउन अर्थ मन्त्रालयसँग स्वीकृति मागेको छ।

पत्राचार गर्दै भनेको छ, ’ठूलो मात्रामा नमुना परीक्षण गर्दा प्रभावकारी नतिजा आउनुका साथै डिजाइनिङ फेलरको दर समेत घटाउन सकिन्छ।’ दीर्घकालीन रूपमा आउन सक्ने परिणामको बृहत तथा सूक्ष्म अध्ययन गर्दै सम्भावित समस्या न्यूनीकरण गर्न सकिने उसको भनाइ छ। डेढ वर्षदेखि सेनाले एम्युनिसन प्लान्ट खरिदका लागि प्रक्रिया चलाइरहेको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए। उनले भने, ‘अहिले एम्युनिसन प्लान्ट खरिद प्रक्रियामै छ।’ स्मल आम्सका लागि आवश्यक सामग्रीमध्ये ७० प्रतिशत सेना आफैले बनाउने गरेको छ।

ठूला हातहतियारमा लाग्ने गोलीगठ्ठा विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ। गोली सुन्दरीजलमा, विस्फोटक पदार्थ मकवानपुरको सुनाचरी इमल्सन प्लान्टमा, र हाते बम भीमफेदीमा उत्पादन भइरहेको छ। त्यस्तै बारुद स्वयम्भूको बारुदखानामा उत्पादन हुन्छ। स्वदेशमै उत्पादन गर्दा सस्तो पर्नुका साथै गोपनियताको दृष्टिले भरपर्दो हुने नेपाली सेनाको बुझाइ छ। अन्नपुर्णपोष्ट दैनिकबाट