२० आश्विन २०८१, आईतवार
,
Latest
न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि काठमाडौंका तार भूमिगत गरिँदै, प्रधानमन्त्री आफैले उद्घाटन गर्ने



अ+ अ-

काठमाडौंः सोमबारदेखि नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकामा बिजुलीका तार भूमिगत गर्ने भएको छ । प्रधामन्त्री केपी शर्मा ओलीले तार भूमिगत कार्यक्रमको औपचारिक उद्घाटन गर्ने भएका छन् । पहिलो चरणमा आजदेखि रत्नपार्क र महाराजगञ्ज विद्युत वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा बिजुलीको तार जमिनभित्र (अन्डरग्राउन्ड) गर्ने भएको हो ।

काठमाडौं उपत्यकाको विद्युत वितरण प्रणालि र त्यसको सुदृढीकरणका लागि बिजुलीको तारलाई भूमिगत गर्न लागिएको हो । प्राधिकरणले बिजुली वितरण भूमिगत गर्न सडक विभागबाट स्वीकृति लिएपछि यो कामको शुरु गर्न लागेको हो । विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार अन्डरग्राउन्डको काम आजैबाट शुरु हुनेछ ।

बिजुली तारलाई अत्याधुनिक प्रविधिबाट ठाउँ–ठाउँमा प्वाल पारेर जमिनमुनी राखिने भएको छ । यसका लागि सडक यत्रतत्र खन्न नपर्ने बताइृएको छ । तार भूमिगत गर्न भारतको केइआइकके कम्पनीले ठेक्का पाएको छ। रत्नपार्क र महाराजगञ्ज स्मार्ट कम्युनिकेसनुको क्षेत्र भएकाले पहिलो चरणमा भूमिगत गर्न लागिएको प्राधिकरणले जनाएको छ।

एसियाली विकास बैंक (एडिबी) ले विद्युत वितरण प्रणालीलाई भूमिगत गर्न १५ अर्ब रुपैयाँ ऋण सहयोग गरेको छ । दुई वितरण केन्द्रमा तार भूमिगत भएपछि ९० हजार विद्युत उपभोक्ता लाभान्वित हुने छन्। विद्युत वितरण प्रणालीलाई भूमिगत गर्न सर्भे भइसकेको छ। प्राधिकरणले घरैबाट बिजुलीको बिल तिर्न मिल्ने गरी दुई वर्षभित्र अन्डरग्राउन्डको काम सम्पन्न गर्ने लक्ष्य लिएको छ।