१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

परराष्ट्रमन्त्री ज्ञवाली बङ्गलादेश प्रस्थान

परराष्ट्रमन्त्री ज्ञवाली बङ्गलादेश प्रस्थान
अ अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनको निमन्त्रणमा उक्त देशको तीनदिने औपचारिक भ्रमणमा आज बिहान ढाकातर्फ प्रस्थान गरेका छन् । मन्त्री ज्ञवालीका साथ परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी र उक्त मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव प्रवीण अर्याल छन् । मन्त्री ज्ञवाली नेतृत्वमा ढाकामा दुई देशबीच मङ्गलबार प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ ।

दुवै देशका परराष्ट्रमन्त्रीले आपसी सम्बन्धका साथै साझा चासोका ऊर्जा, व्यापार, पारवहन, सम्पर्क सञ्जाल, पर्यटन, क्षेत्रीय तथा बहुपक्षीय सहयोग प्रवद्र्धनमा केन्द्रित रहेर विचार आदानप्रदान गर्ने कार्यक्रम रहेको मन्त्री ज्ञवालीले बताए । “भूगोलका हिसाबले हामी धेरै नजीक छौँ । आर्थिक साझेदारी जल, सडक, रेल र हवाई मार्गबाट सम्पर्क सञ्जाल विस्तार, ऊर्जा, पर्यटन, लगानी प्रवद्र्धनलगायत पारस्परिक हित र चासोका विषयमा बङ्गलादेशी समकक्षीसँग वार्ता हुनेछ”, उनले भने

दुई देशबीचको सम्बन्धलाई आर्थिक समृद्धिका लागि रुपान्तरणको प्रयास गरिने बताउँदै मन्त्री ज्ञवालीले क्षेत्रीय, अन्तर्राष्ट्रिय र बहुपक्षीय मञ्चहरुमा दुवै देशबीच साझेदारी बढाउने र अन्य साझा चासोका मामिलामा सक्रिय रुपमा सहकार्य गर्ने प्रयास आफूबाट हुने बताए । बङ्गलादेश अन्तर्राष्ट्रिय रणनीतिक अध्ययन प्रतिष्ठानले आयोजना गर्ने ‘नेपाल–बङ्गलादेश सम्बन्ध र दक्षिण एसियाली सहयोग’ विषयमा उनले प्रवचन दिनेछन् ।

मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डल बुधबार स्वदेश फर्कनेछ । त्रिभुवन विमानस्थलमा मन्त्री ज्ञवालीलाई परराष्ट्र मन्त्रालयका निमित्त सचिव भरतराज पौड्याल, शिष्टाचार महापाल गेहेन्द्र राजभण्डारी र यहाँस्थित बङ्गलादेशी राजदूतावासका वरिष्ठ अधिकारीले बिदाइ गरे ।