२७ भाद्र २०८३, शनिबार
,
Latest
दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’ महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पच्चीस वर्षदेखि निरन्तर निःशुल्क स्वास्थ्य सेवा



अ+ अ-

झापा । झापाको मेचीनगर नगरपालिका–९ धुलाबारीमा खोलिएको जैन होमियोपेथिक चिकित्सालयले २५ वर्ष अघिदेखि निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

जैन तेरापन्थ युवक परिषद्ले गरिबदुःखी बिरामी स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्य राखी सो सेवा शुरु गरेको थियो । जुन सेवा आज पनि निरन्तर चलिरहेको छ । मारवाडी समुदायको युवा सङ्गठन जैन तेरापन्थ मेचीनगरको धुलाबारीस्थित अतिथि सदनमा दुई कोठा भाडामा लिएर निःशुल्क सेवा दिइँदै आएको छ ।

‘मानवीय सेवा नै धर्म हो’ होमियोपेथिक चिकित्सालय सञ्चालन समितिका संयोजक पवन बोथराले भन्नुभयो, “अहिले पनि पैसा नभएर धेरै मानिस स्वास्थ्य उपचार गर्न सकिरहेका छैनन् । उनीहरुलाई नै लक्षित गरेर सेवा शुरु गरेका हौँ ।” हप्ताको दुई दिन सोमबार र शुक्रबार बिहान ७ः३० देखि ११ः०० बजेसम्म मात्रै सेवा दिइने संस्थामा होमियोपेथिक वैद्य केएल राजवंशी बसेर बिरामीको स्वास्थ्य चेकजाँच गर्ने, औषधिको नाम र खाने तरिका सिकाउने काम गर्नुहुन्छ ।

निःशुल्क सेवा दिने उद्देश्यले खोलिएको चिकित्सालय सञ्चालनका लागि परिषद्ले मारवाडी तथा अन्य समुदायबाट आर्थिक सहयोग सङ्कलन गर्दै आएको छ । सहयोगबाट आएको रकमले नै चिकित्सकको टोलीलाई पारिश्रमिक, औषधि खरिद गर्ने तथा कोठा भाडा तिर्ने गरिएको संयोजक बोथराले बताउनुभयो । चिकित्सालय सञ्चालनमा वार्षिक रु चार लाख खर्च हुने गरेको छ ।

चिकित्सालय शुरु गर्दाको समयमा रु १० मा टिकट लिइन्थ्यो । अहिले बढाएर रु २० बनाइएको छ । टिकट काटेपछि स्वास्थ्य जाँच र औषधि निःशुल्क लिन पाइन्छ । हालसम्ममा जैन होमियोपेथिक चिकित्सालयबाट हालसम्म दुई लाख ५० हजारले सेवा लिइसकेका छन् । यहाँ सेवा लिनका लागि नेपालका काठमाडौँ, ताप्लेजुङ, इलाम, इटहरी तथा भारतको सिलिगुडी, दार्जीलिङलगायत क्षेत्रका बिरामीले विशेषगरी ग्यास्ट्रिक, मधुमेह, थाइराइड, अल्सर, प्रेसर, बाथलगायत रोगको नियमित सेवा लिइरहेका वैद्य राजवंशीले बताउनुभयो ।